बेलायती सेनामा भर्ती हुन कसैलाई पैसा नदिनु होस् – एस नाइटिंगल (छनौटको भिडियो)

पोखरा, ७ भदौ /बेलायती सेनामा भर्ती हुन कसैलाई पैसा नदिन ब्रिटिस क्याम्प पोखराले कसैलाई अनुरोध गरेको

छ । ‘बेलाबेलामा भर्ती गराइ दिन्छु भन्दै पैसा लिएर ठगी गरिएको समाचार आउने गरेका छन्,’ ब्रिटिस क्याम्प

पोखराका प्रमुख एस नाइटिंगलले भने – ‘भर्ती हुदाँ क्षमता, दक्षताका आधारमा हुन्छ, पैसा र कसैले भनेर हुदैन ।’

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि क्याम्पले आफुहरुले निःशुल्क, निष्पक्ष र पारदर्शीका साथ भर्तीमा छनौट

गर्ने बताए । ‘शैक्षिक तथा शारीरिक क्षमता र चरित्रको आधारमा छनौट गरिन्छ,’ नाइटिंगलले भने ‘पैसा, कसैको

नजिकको मान्छे भएर होइन, दक्षता र क्षमताका आधारमा छनौट हुन्छ ।’

 

बेलायती सेनामा भर्ती छनौट
बेलायती सेनामा भर्ती छनौट

उपल्लो र तल्लो जात धनी र गरिबको आधारमा भेदभाव नहुने उनले बताए । भर्ती प्रक्रिया काठमाडौं र युकेका

नियमक इकाइ मार्फत गहन रुपले निर्देशन रहेने उनले बताए । सबैजनालाई आबेदन दिने तरिका र आवश्यक

मापदन्डबारे वेभ साइडबाटै जानकारी दिएको बताए । उनले भने, ‘भिडियो प्रशिक्षण कार्यक्रम साथै अन्तरवार्ता र

लिखित जाँचका आवश्यक नमुना वेवसाइटमा राखेका छौं ।’ सम्भावित रेक्रुट विफल भएमा उसलाई विफल

हुनको कारण बताइन्छ । ‘अन्त्यमा हामी सम्भावित रेक्रुटलाई भविष्यमा कसरी अझै सुधार गर्न सकिन्छ भनेर

सुन्छौं,’ उनले भने ।

बेलायती सेनामा भर्ती छनौट
बेलायती सेनामा भर्ती छनौट

नेपालका प्रत्येक जिल्लामा पुगेर त्यहाँका जनतालाई छनौट प्रक्रियाबारे जानकारी दिएको ब्रिटिस क्याम्प पोखराका

उपप्रमुख महेन्द्र पुगामीले जानकारी दिए पोखरा र धरानमा एकै साथ दर्ता प्रक्रिया संचालन हुने उनले जानकारी

दिए । ‘पहिले पोखरा र त्यसपछि धरानमा छनौट प्रक्रिया हन्छ,’ उनले भने, ‘केन्द्रिय छनौटका लागि उपयुक्त

परिक्षार्थी छनौट गर्ने मुख्य चरण यहि हो ।’ सबै चरण पुरा भइसकेपछि केन्द्रिय छनौट पोखरामा हुने उनले सुनाए

। ‘छनौट भई सकेपछि कसम खाने परेड खाने गर्छौ,’ उनले भने, ‘जहाँ रेक्रुटहरुले ब्रिटिस आर्मीमा औपचारिक

रुपमा सामmे हुनु पुर्व आफ्ना परिवारजनसँग भेट्न सक्छन् ।’

लगभग १ वर्ष अवधिको भर्ती प्रक्रियामा उमेद्बारहरुले ४ चरण पार गर्नु पर्ने उनले जानकारी दिए । ‘हाम्रो मुख्य

उद्देश्य नै सम्भावित रेक्रुटको भलाई हो,’ उनले भने, ‘ब्रिटिस आर्मीमा भर्ती हुन चाहँनेलाई समान अवसर दिन हामी कटिबद्ध छौं ।’

३ सय २० जना ब्रिटिस सेनाका लागि छनौट

बेलायती सेनामा भर्ती हुनका लागि यस वर्ष ८ हजार ८ सय ९१ जनाले फर्म भरेको जानकारी दिए । ती मध्ये ५ सय

८० जना यस छनौट हुने छन् । ५ सय ८० जनाबाट ३ सय २० जना ब्रिटिस सेनाका लागि छनौट गर्ने पुगामीले

जानकारी दिए । त्यसै गरि सिङ्गापुर पुलिसमा भर्ती हुनका लागि पनि पोखरामा २ जना छनौट गरी १ सय २०

जनालाई लैजाने उनले बताए ।

कमेन्टहरु
Loading...