कोठा तातो बनाउने भित्रियो बेलायती प्रविधि

पोखरा, १० असोज/ हिउँदेयाम शुरु हुदैै छ । जाडोको मात्रा बढ्दै छ । पोखरा त्यत्ति सारो चिसो भने हुन्न ।

यद्यपी चिसोले बढी मात्र बालबालिका र बुढाबढीलाई भने सताउँछ । तर त्यसको निराकरण गर्ने उपाय भने

निस्किसकेको छ ।

प्रदुषणरहित बातावरण मैत्री रुम हिटर भर्खरै पोखरा भित्रिएको छ । उपकरणको नाम हो बोयलर्स । काम कोठा

तातो बनाउने । कम्पनीको नाम डि एण्ड जे बोयलर्स । १५ वर्षदेखि बेलायतमा बसेर व्यवसाय गर्दै आएका धनु

थकाली र जगन गुरुङले यो रुम हिटर भर्खरै भित्रयाएका हुन् । खाना पकाउने एलपी ग्यासबाट रुम(कोठा) तातो

बनाउन सकिन्छ । तातोपानी प्रयोग गर्न समेत सकिने छ ।

बोयलर्स स्वास्थ्यका लागि उपयुक्त, प्रदुषण रहित र बातावरण मैत्री रहेको प्राविधिक समेत रहेका धनु थकालीले

बताए । उनले जाडो सिजनकै पुर्व सन्ध्यामा आफनो प्रविधिबारे जानकारी गराउँदै बालबालिका र बृद्धबृद्धालाई

न्यानो बनाउन सहयोगी हुने स्पष्ट पारे । बालबालिकालाई चिसोबाट हुने निमोनिया र बृद्धबृद्धालाई हुने दमको

समस्याबाट भने मुक्त राख्न सकिने उनको भनाई छ ।

ग्यास अन गरेपछि मेशिनले पानी तताउँदै कोठामा आवश्यक पर्ने तापक्रम अनुसारको तातो बनाउँछ । तातेको

पानी पाईप मार्फत रेडियटरमा सर्कुलर हुन्छ । रेडियटरले कोठाको तापक्रमलाई तातो बनाउँछ । रेडियटरमा

तापक्रम सेट गरेपछि अटोमेटिक कोठाको तापक्रम सोही अनुपातको हुन्छ । मेशिनमा सेन्सर जडान गरिएको छ

। सेन्सरले सिग्नल देखाउँछ । अटोमेटिक काम गर्छ । अत्यन्तै जाडो हुने ठाँउहरुमा बढी प्रयोग हुने उनको भनाई

थियो ।

‘३० डिग्रीतापक्रमसम्म तातो हुन्छ ।’ उनले भने–‘मेशिन सेट गरेपछि पानीको मात्रा, तातोपन सबै अटोमेटिक

रुपमा मेशिनले नै मिलाउँछ ।’ एक मिटर लम्बाई र शून्य दशमलव ६ मिटरको चौडाई रेडियटरमा ५० लिटर पानी

अट्छ । आवश्यक उपकरण भने बेलायतबाट ल्याउन कठिन र महंगो भएकोले चीनबाट ल्याइन्छ । चीनमै गएर

अर्डर गरेपछि सामान नेपाल भित्रिने उनले बताए ।

‘पानी एकपटक तातेपछि त्यही पानी पाईप मार्फत रेडियटर हुदैं मेशिनसम्म घुमिरहन्छ ।’ उनले भने–‘रेडियटर

हिट भएपछि त्यसले विस्तारै कोठालाई तातो बनाउँछ ।’ पानीको मात्रा कम भएको अवस्थामा समेत मेशिनले

सूचीत गराउँछ । ग्यास भ्याइएको, कम भएको समेत मेशिनले जानकारी दिने उनले सुनाए । बोइलर मेशिनलाई

२८ देखि ३० मिलिबार ग्यास फाल्नुपर्छ । उनले पहिलो पटक बोयलर्स मेशिन पोखराको छिनेडाडास्थित होटल

म्यानेजमेन्ट कलेजमा जडान गरेका छन् ।

एउटा ग्यास सिलिण्डरले दैनिक चार घण्टा चलाए १५ दिनसम्म चल्छ । ‘चार घण्टा निरन्तर चलाउँदा एउटा

ग्यासले १५ दिन चल्छ ।’ उनले भने–‘पूर्ण रुपमा अटोमेटिक भएकोले जोखिम भने रत्तिपनि हुदैन् ।’ बोयलर्स

रुम हिटर मेशिन जडान गर्न एउटा मात्रै जडान गर्न २ लाख रुपैयाँ खर्च हुन्छ । विजुली खपत पनि निकै कम

हुन्छ । घरमा तातोपानीको लागि सोलार जडान गरिदैं आएको छ । यो प्रविधिले सोलार झैं तातोपानी र कोठा

न्यानो बनाउन सकिने उनले बताए ।

‘जतिवटा रेडियटर थपियो उति नै महंगो पर्दै जान्छ । चारवटा कोठामा चारवटै हाल्दा ३ लाख रुपैयाँ खर्च हुन्छ ।’

उनले भने–‘विशेष गरी होटल र ठूला हलमा मेशिन जडान गर्न उपयुक्त देखिन्छ ।’ लागत हेर्दा झट्ट सुन्दा निकै

महंगो लाग्छ । मन खक्रक्क हुन्छ ।

कमेन्टहरु
Loading...