बिप्लप माओवादीका कार्यकर्ताले अध्यक्ष बराललाई कालोमुसो दले

पोखरा, २७ कात्तिक/बैदेशिक रोजगार तथा प्रतिनिधि संरक्षण संघका अध्यक्ष खेमराज बराललाई नेकपा बिप्लप समुहका कार्यकर्ताले कालोमुसो दलेका छन् ।

पोखरालेखनाथ महानगरपालीका ८ सृजनाचोकमा रहेको पुकार मेन पावरमा संचालक रहेका बराललाई नेकपा बिप्लप समुहका कार्यकर्ता ४ जनाले कालोमासु दलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बैदेशिक रोजगार तथा प्रतिनिधि संरक्षण संघका अध्यक्ष खेमराज बराललाई कालो मोसो दली फरार भएको थाहा पाउने वित्तिकै खोजतलास गर्दा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरिक्षक खड्क बहादुर खत्रीको कमाण्डमा ७ जनाको प्रहरी टोली तथा सादा पोशाकमा प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...