पोखराको बित्यानीमा पहिरोले घर भत्कायो

पोखरा, १० जेठ /पोखराको बित्यानीमा पहिरोले घर भत्काएको छ । शुक्रबार दिउँसोदेखि परेको अविरल वर्षाको कारण गतराति  आएको पहिरोले पोखरा महानगरपालिका वडा नम्वर २८ बित्यानीमा घर भत्काएको हो ।

७९ बर्षका बिर्ख बहादुर गुरुङको परिवार बस्दै आएको ढुङगा माटोले बनेको घर मध्यरात १२ बजे अविरल वर्षासंगै आएको पहिरोले भत्काउदा पूर्ण रुपमा क्षति भएको पोखरा महानगरपालिका वडा नम्वर २८ अध्यक्ष निर्मल दियालीले जानकारी दिए । घटनामा मानवीय क्षति भने नभएको उनले बताए ।

पोखराको बित्यानीमा पहिरोले घर भत्कायो

दियालीका अनुसार पोखरा महानगरपालिका ३१ र २८ जोड्ने खोलाबेसी बित्यानी सौर्य कनेक्टिङ्ग सडक अन्तरगतको बित्यानीमा बाटो माथीबाट खसेको पहिरोले  बाटोमुनिको घरमा क्षति पुर्याएको हो । पहिरोका कारण घरमा रहेका  फर्निचर, लत्ताकपडा, भाँडाकुडा  र खाध्यन्न सामग्री पुरिएका छन् ।

घटनाको सुचना पाए लगत्तै वडाका जनप्रतिनिधि, स्थानिय र इलाका प्रहरी कार्यलय हंसपुरको टोली शनिबार बिहानै घटना स्थलमा पुगेर घरभित्र पुरिएका काम लाग्न सक्ने समान निकालिएको दियालीले जानकारी दिए ।

आफुहरुले स्थलगत अनुगमन गरेर पहिरो बाट पिडित गुरुङ्गको परिवारलाई हाल गाऊँमा रहेका खाली घरमा ब्यबस्थापन गराउन स्थानियसंग समन्वय गरिएको बताउदै छिट्टै वडा कार्यलय र सरकारी निकायबाट पनि राहतको पहल गरिने दियालीले जानकारी दिएका छन् ।

पोखराको बित्यानीमा पहिरोले घर भत्कायो

( तस्बिरहरु पोखरा महानगरपालिका वडा नम्वर २८ अध्यक्ष निर्मल दियालीको फेसबुकबाट साभार गरिएको हो । )

कमेन्टहरु
Loading...