सामाजीक सुरक्षा र जेष्ठ नागरिकको भत्ता बढ्यो

काठमाडौं, १५ जेठ/ अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा कार्यक्रमको भत्ता बढाएको छ ।

गर्भावस्थाद वृद्धावस्था सम्मलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन् ।

ज्येष्ठ नागरिकलाई दिइने भत्ता बढाएर ३ हजार बनाइएको छ । यसअघि २ हजार दिँइदै आएकोमा १ हजार थपेर ३ हजार पु¥याएको हो ।

अन्य क्षेत्रमा दिइँदै आएको सामाजिक सुरक्षा भत्ता १ हजार बढाइएको खतिवडाले बताए । करिब २१ लाख नागरिकका लागि यसरी भत्ता बढाइएको उनले उल्लेख गरे ।

बृद्धा भत्ताबाट १३ लाख र सामाजिक सुरक्षा भत्ता अन्तरगत ९ लाख लाभाम्बीत हुने उनले बताए ।

कमेन्टहरु
Loading...