पर्यटन बोर्डको सदस्यमा पोखराका बिप्लव पौडेल

पोखरा, ७ फागुन /नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय बैठकले पौडेललाई सदस्यमा नियुक्त गरेको हो ।

पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पौडेललाई बोर्ड सदस्यमा मनोनयन मन्त्रीपरिषद्मा पठाएका हुन् । उनको कार्यकाल ३ वर्षको हुनेछ ।

पौडेल पोखराको वाराही हस्पिटालिटी गुरुपका कार्यकारी निर्देशक हुन् । पौडेलसँगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमला पनि बोर्ड सदस्यमा नियुक्त भएकी छन् ।

कमेन्टहरु
Loading...