Ganthan News Pokhara
All news from Pokhara & around

विप्लव माओवादीको आव्हानमा फागुन ३० गते नेपाल बन्द

विप्लव माओवादीको आव्हानमा फागुन ३० गते नेपाल बन्द
0

पोखरा, २६ फागुन /विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ ।

सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिएको नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाईएको छ ।

सरकारले गाउँगाउँमा संकटकालकै जसरी छापा मार्ने, दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्तो अराजनीतिक व्यबहार गरेको भन्दै बन्द आव्हान गरेको जनाएको छ ।

नेकपाले मुलुकमा चलिरहेको भ्रष्टचार, तस्करी, दलाली, अन्याय, बलात्कार, हिंसा र राष्ट्रघातका विरुद्ध शान्तिपूर्ण संघर्षमा जनताका साथमा अगाडि बढिरहेको महासचिव विप्लवले विज्ञप्तीमा उल्लेख छ ।

घोषित संघर्षका कार्यक्रम अनुसार फागुन २५ र २६ मा प्रचार प्रसार, २७ गते देशभर कोण सभा, २८ गते ¥याली, २९ गते साँझ मशाल जुलुस र ३० गते नेपाल बन्द रहेको छ ।

विप्लव माओवादीको आव्हानमा फागुन ३० गते नेपाल बन्द
विप्लव माओवादीको आव्हानमा फागुन ३० गते नेपाल बन्द

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।