पोखरामा विप्लवका दुई विद्यार्थी पक्राउ, पत्रकार अधिकारी ३ घण्टा पछि रिहा

पोखरा, १८ चैत /पिएन क्याम्पसमा विद्यार्थीले पुत्लादहन गरी विरोध गरेको कार्यक्रममा भिडियो खिचीरहदा पक्राउ परेका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरीले रिहा गरेको छ । नेपाल पत्रकार महासंघ सहित विभिन्न पत्रकार संघ संगठनहरुको दवाव पछि प्रहरीले अधिकारीलाई विनाशर्त रिहा गरेको हो ।

सोमबार बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थीहरुले पोखराको पृथ्वीनारायण क्याम्पसमा पुत्लादहन गर्दा दुई जना विद्यार्थी सहित अधिकारी पक्राउ परेका थिए । क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुनलाई भने कास्की प्रहरीले धुनामा छन् ।

विप्लव समूहको विद्यार्थी संगठनले सरकारको काम र आफ्ना माउ पार्टीका नेता तथा कार्यकतालाई धमाधम पक्राउ गरेपछि विरोध स्वरुप क्याम्पस गेट अघि प्रदर्शन गरेको थियो । सोही विरोध प्रदर्शनको फोटो र भिडियो खिचिरहेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष अधिकारी सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अधिकारीलाई पत्रकार महासंघको उपस्थितिमा रिहाई गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले पत्रकार माथी हुने दुब्र्यवहार र धरपकड रोक्न पनि आह्वान गरेका छन् ।

अधिकारीको पक्राउका बिषयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, कास्की शाखा सहित क्रान्तिकारी पत्रकार संगठन, प्रेस यूनियन, प्रेस संगठनले विरोध जनाएका थिए । पक्राउ परेका अरु दुई विद्यार्थीमाथी प्रहरीले अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

प्रदर्शनका क्रममा पोखरामा विप्लवका विद्यार्थी र​ पत्रकार सहित ३ जना पक्राउ

कमेन्टहरु
Loading...