विपत्को जोखिम न्यूनीकरण गर्न नेपाली सेना सक्षम — सेनापति थापा

पोखरा, १२ जेठ /नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले प्राकृतिक रुपमा आइपर्ने जस्तासुकै विपत्तीको जोखिम न्यूनीकरण गर्न नेपाली सेना तयार रहेको बताएका छन् ।

पोखरामा नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको संयुक्त आयोजनामा सञ्चालन भएको विपत व्यवस्थापन सम्वन्धी सैन्य अभ्यास तथा तालिमको समापन गर्दै विपतमा जोखिम न्यूनीकरण गर्न तालिम उपयोगी बन्ने गरेको बताए ।

उनले तालिमले अझ परिपक्व बनाउने बताए । उनले नेपाली सेना विपद् प्रतिकार्यका क्षेत्रमा सकृयताका साथ आँफूलाई उभ्याएको बताउदै २०७२ सालको भूकम्प लगायतका विपत्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । नेपालका लागि अमेरिकन राजदुत ¥यान्डी बेरीले प्राकृतिक रुपमा आइपर्ने विपत्ति पछिको उद्धारका लागि अभ्यास उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
पोखरामा गत आइतबारदेखि पोखरामा जारी विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भएको हो । सप्ताहव्यापी कार्यक्रममा क्रममा विपद् व्यवस्थापन विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न नमूना अभ्यास गरिएको थियो ।

नेपाली सेना र युएस आर्मी प्यासिफिकको सहकार्यमा सन् २०११ देखि हालसम्म चार वटा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम गरिसकिएकोमा प्रादेशिक संरचनामा पहिलोपटक पोखरामा यस किसिमको अभ्यास गरिएको हो ।

नेपाली सेनाका युद्ध कार्य निर्देशनालयका महानिर्देशक मेजर जनरल प्रभुराम शर्माले प्रतिकार्य अभ्यासमा अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशका सहित एक सय ९१ जना सहभागी रहेको जानकारी दिए ।

प्रतिकार्य अभ्यासका क्रममा कार्यपत्र प्रस्तुती, समूहगत छलफल एवम् अन्तरक्रियाका साथै विभिन्न नमूना अभ्यास गराइएको बताउँदै उहाँले यसले विपत्ति पछिको उद्धार लगायतमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

कमेन्टहरु
Loading...