बतास विरुद्ध कास्की अदालतले पक्राउ पुर्जी जारी

पोखरा, ३ बैशाख /पोखराका व्यवसायी विपेन्द्र बतासलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको छ ।

पोखरा ६ लेकसाइडका दालप्रसाद (मनोज) श्रेष्ठ र जनकराज पहारीलाई बतासले ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा मंगलबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी बतासले गरेको जाहेरीमा उल्लेख छ ।

सोही विषयमा समाचार लेखेको भन्दै बतासले पत्रकार अर्जुन गिरीलाई साइबर क्राइममा मुद्धा दर्ता गरे पछि गिरीलाई अहिले सिआबीले पक्राउ गरी काठमाडौ लगेको छ ।

कमेन्टहरु
Loading...