विपेन्द्र बतासले ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी

पोखरा, ३ बैशाख /बतास अर्गनाईजेसनका सञ्चालक विपेन्द्र बतासले ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी दर्ता भएको छ । एकसाता अघि निवेदन दिएपनि सोमबार मात्रै दर्ता भएको बताईएको छ । पोखरा ६ का ब्यवसायी दालप्रसाद श्रेष्ठ (मनोज) ले बतास विरुद्ध ठगीको उजुरी दिएका हुन् ।

लेकसाईडमा जग्गाको कारोबार गर्दा बतासले ठगी गरेको श्रेष्ठको आरोप छ । अर्का ब्यवसायी जनक पहारीको २ करोड २५ लाख रुपैयाँ र श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको आरोप छ ।

‘पार्टनरशिप गर्ने भनेर लेनदेनमा सहमति भयो । त्यति ठूलो घरानाका मान्छेलाई विश्वास नगर्ने कुरो पनि भएन, पहारीले भने–त्यसपछि पटकपटक पैसा माग्यौं तर दिनुभएन । अन्तिम परेपछि उजुरी दिएका हौं ।’

लेकसाईडमा रहेको जग्गामा कारोबार नमिलेपछि घटना बाहिर आएको हो । घटनाबारे बुझ्न खोज्दा आरोपित बतास सम्पर्कमा आएनन् । यही घटनाको समाचार लेख्दा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरी विरुद्ध बतासले साईवर क्राईमको उजुरी दिएका थिए ।

प्रेस काउन्सिलको लापरबाहीले पोखराका पत्रकार गिरी पक्राउ, चौतर्फी दवावपछि रिहा

कमेन्टहरु
Loading...