प्रदेश संसद थापाले प्राप्त तलब भत्ता सामाजिक क्षेत्रमा खर्च

पोखरा, १८ चैत/गण्डकी प्रदेश सदस्य विन्दुकुमार थापाले आफुले प्राप्त गरेका तबल भत्ता सामाजिक क्षेत्रमा खर्च गरेका छन् । सदस्य थापाले एक वर्षको निर्वाचित भएको एक वर्षमा आफुले प्राप्त गरेको तलब भत्तालाई विभिन्न सामाजिक क्षेत्रमा खर्च गरेको बताए ।

उनले तलब भत्ताबाट प्राप्त ७ लाख ९ हजार १ सय ३५ रुपैयाँमा व्यक्तिगत रकम थप गरेर १० लाख ५४ हजार रुपैयाँ विभिन्न शीर्षकमा खर्च गरिएको जानकारी दिए । उनका अनुसार पुम्दीभुम्दीस्थित शिव मुर्ति स्थापनको लागि १ लाख, पोखरा १६ जुम्लेटीमा अस्थायी पुल निर्माण गर्न १ लाख रुपैयाँ, लक्ष्मीनारायण आमा समूहलाई १ लाख उपलब्ध गराएका छन् ।

त्यसैगरी काहँु आधारभूति विद्यालयलाई ५१ हजार, परोपकार धार्मिक संस्थालाई अक्षयकोषको लागि ५५ हजार ५ सय ५५ रुपैयाँ, अर्मलाकोट जुम्लेटी मैदान कुर आमा समुहलाई विभिन्न सामान किन्न १ लाख २० हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिए ।

अन्य विभिन्न संघसंस्थालाई गरी २२ वटा संस्थालाई विभिन्न प्रयोजनको लागि तलब भत्ता खर्च गरिएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । उनले आफनो निर्वाचन क्षेत्र कास्कीको २ ख अन्तर्गत ६ वटा वडाको लागि २२ वटा योजनाहरु रहेको उल्लेख छ । ती योजनाहरुलाई संघ र प्रदेशले बजेट उपलब्ध गराएको बताउँदै केही निर्माणाधिन र केही सञ्चालित अवस्थामा रहेको सुनाए ।

उनले प्रदेश सरकारबाट उपलब्ध ७५ लाख रुपैयाँ भलामखोला सडक पुल निर्माणमा छुट्टइएको बताए । पोखरा ९ सुकुम्बासी टोलमा खानेपानी समस्या समाधान गर्ने योजनाको लागि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ विनियोजन भएको बताउँदै योजना निर्माणाधिन रहेको दावी गरे । अधिकांश योजना सडक निर्माण, खानेपानी योजना र होमस्टे लगायतमा छुट्टाइएको छ ।

प्रदेश संसद थापाले प्राप्त तलब भत्ता सामाजिक क्षेत्रमा खर्च

प्रदेश संसद थापाले प्राप्त तलब भत्ता सामाजिक क्षेत्रमा खर्च

Posted by Ganthan.com on Monday, April 1, 2019

कमेन्टहरु
Loading...