पोखराको विन्ध्यवासिनी मन्दिरमा २ सय ३५ वर्ष पछि पूजारी करार

पोखरा, २२ असोज / पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २ सय ३५ वर्ष पछि पूजारी करारमा नियुक्ति गरिएको छ ।

मन्दिरमा दशनार्थीले पूजाका क्रममा चढाएको दानका साथै विभिन्न समयमा चढाइने भेटीघाटीका सम्बन्धमा विन्ध्यवासिनी

धार्मिक क्षेत्र विकास समिति र पूजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पूजारी राखिएको हो ।

यस अघिसम्म मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पूजारीले लिने गरेकोमा करारमा नियुक्ति भएसँगै उनीहरूलाई तलब

दिइने छ भने चढाइएका दान दक्षिणा र उपहार समितिमा आउने छ ।

समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर निर्माणको यकिन तथ्य फेला नपरे पनि विभिन्न प्रमाण समेतका आधारमा वि.सं

१८४० तिर  यसको निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्राप्त प्रमाणका आधारमा मन्दिरको पहिलो पूजारी भगिरथ पाध्या पौडेल हुनुहुन्छ । वि.सं १९४१ म पाल्पाका चिन्तामणि बाँणा

मन्दिरमा पूजा गर्न आए पछि पौडेलका सन्तती महिधर पाध्या पौडेलले पूजारीमा आँफूहरूको हक दावी हुनुपर्ने माग सहित मुद्दा

हाले पछि कास्कीका तत्कालिन राजाले पौडेल सन्ततीलाई नै पूजाआजाको जिम्मा दिएको पाइन्छ ।

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार यस वर्षदेखि परम्परागत रुपमा पूजा गर्दै आएका पूजारीको व्यवस्थापन गर्दै

करार सेवामा पूजारीको नियुक्ति गरिएको हो ।

उहाँका अनुसार २०७२ साल कात्तिक २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भेटीघाटी व्यवस्थापन सम्बन्धी

निर्देशिका जारी गरे पछि समिति त्यस अनुरुप अघि बढेसँगै पूजारी परिवारका तर्फबाट सर्वोच्चमा मुद्दा परेको थियो । सो मुद्दामा

सर्वोच्चले अन्तरिम आदेश जारी गनुपर्ने नदेखिएको भने पछि पूजारीहरू समितिसँग वार्तामा आएका थिए ।

वार्तामा दुबै पक्षबीच करार सेवामा जाने लगायतका आठ बुँदे सहमति भएको र त्यही अनुरुप यस वर्षदेखि करार सेवामा पूजारी

व्यवस्थापन भएको समितिले जनाएको छ ।

मन्दिरमा यस अघि पाँच जना पूजारीले नियमित पूजा आजा गर्दै आएकोमा हाल दुई जना करारमा नियुक्ति भै उक्त कार्यलाई

निरन्तरता दिनुभएको छ भने तीन जना विदाई हुनुभएको छ ।

पारिवारिक रुपमा २३५ वर्ष नियमित पूजाआजा गर्दै आएको योगदान समेतलाई दृष्टिगत गरी तीन जनालाई जनही नौ÷नौ लाख रुपैयाँ

सहित समितिले विदा गरेको छ ।

विदाई हुने पूजारीमा माधवप्रसाद पौडेल, कृष्ण प्रसाद शर्मा र सुशिल पौडेल हुनुहुन्छ । समितिले मूल पूजारी रुद्रनाथ पौडेललाई ३५ हजार

रुपैयाँ र अर्का पूजारी श्रीराम पौडेललाई ३० हजार रुपैयाँ पारिश्रमिक तोकेको छ ।

पोखराको इतिहासको साक्षी जस्तै बनेको यस मन्दिर कास्की जिल्लाको मध्यभागमा २७ रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिर

वरपरको समथरिलो भूभागबाट केही उच्च थुम्कोमा अवस्थित छ ।

थुम्कोमा रहेका कारण दर्शनार्थीलाई केही सिँढी चढेर उक्लनु पर्ने भएकाले हिँड्न नसक्ने दर्शनार्थीलाई परिवारजनले बोकेर पु¥याउने

गरेकोमा शारिरिक अशक्तलाई दृष्टिगत गरी लिफ्ट निर्माणको काम अघि बढाइसकिएको छ ।

मन्दिरमा दैनिक ३००/४०० देखि तीन चार हजार जनासम्म दर्शनार्थी आउने गरेका छन् ।

मन्दिरलाई सुविधा सम्पन्न बनाउने लक्ष्य अनुरुप विभिन्न काम अघि बढीरहेको समितिले जनाएको छ । विन्ध्यवासिनी मन्दिर गुम्बज

शैलीमा सेतो रङ्गको अष्टभुजाकार रहेको छ भने गजूरबाट तामाको श्रीवन्दी लत्रिएको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न

तिथिमितिमा राखिएका घण्टहरू छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको

छ । मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवीका मन्दिरहरू रहेका छन् । मन्दिर परिसरमा

समितिले बाटिकाहरू बनाएको छ । प्रदक्षिणा पथ निर्माण कार्य जारी छ भने परिसरमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको

शिवलिङ्ग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैंंचा लगायतका संरचनाको निर्माण गरिएको छ । मन्दिरको मूल प्रवेशद्वार, खानेपानी

व्यवस्थापन लगायतका काम अघि बढाउन लागिएको छ । मन्दिर परिसरमै कास्की जिल्लाको तीन सय वर्ष पुरानो प्रशासनिक भवन

(माल अड्डा)लाई पुरानै कलात्मक स्वरुपमा पुरातत्व विभागले निर्माण गरिरहेको छ ।

यहाँ विशेष गरी आश्विन शुक्ल पक्ष, चैत्र शुक्ल पक्ष र महत्वपूर्ण तिथि एवम् पर्वका बेला यहाँ भीड लाग्ने गर्छ ।

यसैबीच समितिले २०६४ सालदेखि आश्विन शुल्क पक्ष(बडा दशैं) का अवसरमा सञ्चालन गर्दै आएको नवदुर्गा महोत्सव यस वर्ष पनि

भव्यताका साथ सम्पन्न गर्ने भएको छ ।

समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्रेष्ठले घटस्थापनादेखि नवमीसम्म श्रीमद्देवी भागवत

ज्ञान महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । महोत्सवका अवसरमा विन्ध्यवासिनी गुरुकुलका पूर्व विद्यार्थी युवा

पण्डित निजानन्द पौडेल प्रमुख वाचकका रुपमा संगीतमय झाँकी सहितको प्रवचन गरिने जनाइएको छ ।

Posted by Ganthan.com on Sunday, October 7, 2018

कमेन्टहरु
Loading...