पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सब सुरु (फोटो फिचर सहित)

पोखरा, १२ असोज / बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यबासिनी मन्दिरमा नबदुर्गा महोत्सब सुरु भएको छ । संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रंबद्र्धनको लागि विध्याबासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सबको आयोजना गरेको हो । घटस्थापनाको अबसरमा शोभायात्रा निकालिएको छ ।

विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा पोखराको बगर, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हुदै पुन मन्दिरमा पुगि समापन भएको थियो ।

शोभायात्रामा नबदुर्गाको ९ रुपको झाकी, एक सय आठ कलश, विन्ध्याबासिनी मन्दिरको झाँकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, साँस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो । शोभायात्रापछि घटस्थापनाको शुभसाईतमा जमरा राखिएको छ ।

आजदेनी नबदुर्गा महोत्सब अन्तर्गत महानबमीको दिन सम्म दैनिक नवदुर्गा कथा बाचन हुने विध्याबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सब अबधिभर करिब एक लाख दर्शनार्थी मन्दिरमा दर्शनका लागि आउने उनले बताए ।

करिब ३ सय बर्षको ईतिहास बोकेको विध्याबासिनी मन्दिरमा कास्की संगै आसपासका जिल्लाहरु तनँहु, लम्जुङ, स्याङजा, पर्बत र आन्तरीक र विदेशी पर्यटकहरु दर्शनार्थीहरु आउने गरेका छन् ।

पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सब सुरु
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सब सुरु
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सब सुरु
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सब सुरु
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सब सुरु
पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सब सुरु
कमेन्टहरु
Loading...