अब लिफ्ट चढेर विन्ध्यवासिनी मन्दिर दर्शन गर्न जान पाइने, राष्ट्रिपतिले आज उद्घाटन गर्ने

पोखरा, २३ फागुन /पोखराको बिन्ध्यासिनी मन्दिरमा लिफ्ट चढेर जान पाइने भएको छ । लिफ्टको राष्ट्रिपति विद्यादेवी भण्डारीले आज उद्घाटन कार्यक्रम रहेको छ ।

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा निर्माण भएको लिफ्ट राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विन्ध्यवासिनी दर्शन गर्न आउँने भक्तालुलाई मन्दिर जान सजिलो होस् भनेर लिफ्ट सेवा सुरु गरेको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए ।

‘विशेष गरि अपाङग, बुढाबुढी र धेरै तौल भएका भक्तालुलाई मन्दिर जान गाह्रो छ,’ उनले भने, ‘यस बारै अरु विकल्प पनि सोचिएको थियो । तर, भौगोलिक बनावटको हिसाबले लिफ्ट नै उत्तम विकल्प हो भन्ने निष्कर्षमा पुगेर लिफ्ट सेवा सुरु गर्न लागेका हौं ।’ लिफ्ट करिब १ करोड लागतमा निमार्ण भएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...