बिन्दवासिनी बालुवा डिपोमा प्रहरीले बन्धक बनाएर असुली

काठमाडौं, १ कात्तिक /गंगा देवानको मुख्यकाम भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरण थियो । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए । नयाँ पत्रिकामा खरब छ । अवकाशप्राप्त प्रहरीका छोरा थापाको केही प्रहरीसँग दोस्ती थियो । देवानलाई पक्राउ गरेर थर्काए, ‘राम्रै पैसा झर्ने’ भन्दै उनले प्रहरीलाई आश्वासन दिए ।

थापाको कुराले महानगरीय प्रहरी वृत्त बालाजुका असई चन्द्रसिंह भाट सजिलै लोभिए । उनीहरु सुरुमा आफ्ना मान्छेलाई पनि भारतीय गोर्खा सैनिकमा भर्ना गराइदिन भन्दै देवानको कार्यालयमा पुगे र जबर्जस्ती एक लाख रुपैयाँ दिए । त्यसको फोटो खिचे । उनले गोर्खा सैनिकमा भर्ना गरिदिने भन्दै पैसा लिने गरेको प्रमाण जुटाउन त्यसरी फोटो खिचेका थिए ।

लगत्तै उनीहरुले आफूहरु प्रहरी भएको भन्दै कार्यालयमा खानतलासी गरे । गोरखा सैनिकमा भाग लिने प्रक्रियामा रहेका केही युवाका कागजपत्र थिए । हत्कडी लगाएर २० लाख रुपैयाँ मागे । उनले आफूले नराम्रो काम नगरेको भन्दै दिन इन्कार गरे । उनलाई बिन्दवासिनी बालुवा डिपो्मा लगेर बन्धक बनाउँदै बार्गेनिङ सुरु भयो ।

त्यसबेला असई भाटसहित हवलदार मनोज यादव र जवान पुष्कर शाहसमेत सँगै थिए उनीहरुले श्रीमतीलाई फोन लगाएर पैसा लिएर आउन भने । जसरी अपराधीहरुले अपहरण गरेर पैसा असुल्छन्, बालाजु प्रहरीले त्यसैगरी सर्वसाधारणलाई पक्राउ गरी असुल्ने प्रयास गरेको थियो ।

कमेन्टहरु
Loading...