विमानस्थलले थप जग्गा अधिग्रहण नगर्ने भएपछि खुसियालीमा दिपावली

पोखरा, ८ भदौ /पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णका लागि थप जग्गा अधिग्रहण गर्नु नपर्ने मन्त्री

भनाई पछि स्थानीय खुसी हुदै दिपावली गरेका छन् । पर्यटन तथा नगरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले

बुधबार विमानस्थलको टर्मिनल भवनको शिलन्या गर्दै विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने

बताएका थिए । मन्त्रीको भनाई पछि पोखरा १४ का स्थानीहरुले बिहीबार साझँ दिपावली गरेका हुन् । उनीहरुले

मन्त्रीले आफुहरुको मर्का बुझेर थातथलो छाड्न नपर्ने स्थिति बनेको भन्दै खुसीयाली मनाएको आन्दोलन

समितिका अध्यक्ष गनेश पौडेलले बताए । उनले विमानस्थल यस अगाडी पनि थप जग्गा आवश्यक नरहेको

भन्दै विस्तारै विस्तारै अधिग्रहण गरेका ढुक्क भएर बस्ने अवस्था भने नरहेको बताए । विमानस्थल कार्यालयले

केहीअधि बडा कार्यालयलाई पत्राचार गरी जग्गा अधिग्रहणका लागि ताकेता गरेपछि स्थानीय आन्दोलित भएका

थिए । मन्त्रीको भनाई पछि स्थानीय विश्वस्त भएका छन् ।

कमेन्टहरु
Loading...