पत्रकार विजय नेपाल सम्मानित

पोखरा, १४ पुस/ नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन कास्कीले पत्रकार विजय नेपाललाई सम्मान गरेको छ ।  पत्रकारितामार्फत लेखापढी कानून व्यवसायीको हकहित तथा संस्थाको विकासमा योगदान पु¥याएकोमा उनलाई शनिबार एशोसिएसनको सातौं अधिवेशन अवसरमा सम्मान गरिएको हो ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहाल र जिल्ला अध्यक्ष अमरबहादुर कार्की (अनिल) ले पत्रकार नेपाललाई दोसल्ला ओढाउँदै टीका र मालासहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । १५ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार नेपाल हाल राजधानी दैनिकमा पोखरा संवाददाता र आदर्श समाज दैनिकका सहायक सम्पादक छन् ।

पत्रकार नेपालले विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार, सहारा खेलकुद पत्रकारिता पुरस्कार, रोट्रयाक्ट पत्रकारिता सम्मान, लुक्स पत्रकारिता सम्मान, बाघमारा उत्कृष्ट पत्रकार सम्मान लगायत सम्मान र पुरस्कार पाइसकेका छन् । यसअघि एशोसिएसनले पत्रकार प्रेमनारायण न्यौपाने र कृष्ण दवाडीलाई सम्मान गरेको थियो ।

कमेन्टहरु
Loading...