सांसद अधिकारीद्धारा विजयपुर स्थित चर्केको पुल निरीक्षण

पोखरा, २८ फागुन/ कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सांसद खगराज अधिकारीले विजयपुर खोला माथी रहेको पुलको मर्मतको समयमा अनावश्यक भार नदिन र वैकल्पिक वाटोको तुरुन्त व्यवस्था गर्नका लागि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई आग्रह गरेका छन् ।

मंगलबार प्रदेश सांसद दिपक कोईराला, प्रमुख जिल्ला अधिकारी चक्रवहादुर बुढा, कास्की प्रहरी प्रमुख ओम वहादुर राना लगायतको टोली सहित विजयपुर पुगेका सांसद अधिकारीले चर्केको पुलको निरीक्षण समेत गरेकाछन् ।

‘पुल मर्मतका क्रममा जनताले सास्ती भोग्न नपरोस् यसका लागि प्रशासनले तत्काल बैकल्पिक व्यस्था गरिन ुपर्दछ’,सांसद अधिकारीले भने । सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले नेपालमा निमार्ण भएका स्टिल ब्रिजमा यस्तो समस्याआएको पहिलो पटक रहेको जानकारी दिए ।

विसं २०५९ सालमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो । सांसद अधिकारीले गतफाल्गुन २६ गतेको प्रतिनिधि सभाको वैठकमा चर्केको पुलको विषयमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

कमेन्टहरु
Loading...