भदौरे पञ्चासे महोत्सवमा कोदोको परिकारले तान्दै

पोखरा, २९ मंसिर/ माथि पञ्चासे धाम छ । केही समय हिडेपछि पुग्छिन् । कोदोको परिकारको स्वाद लिन पाईन्छ । बजार भन्दा केही पर रहेको कास्कीको भदौरेमा पर्यटकलाई कोदोकै परिकारले सत्कार गरिन्छ । रात भने होम स्टेमा कट्छ । होम स्टेको लागि आउने पर्यटकको पहिलो रोजाईमा कोदोको परिकारले सत्कार गर्दै ग्रामीण पर्यटन प्रवद्र्धनमा निरन्तरता छ ।

कोदोको परिकारको स्वाद चखाउन फेरी भदौरे क्लबले पन्चासे महोत्सव गर्दै छ । पुसको १० गतेदेखि भदौरे पन्चासे महोत्सवमा तमु ल्होसार महोत्सव समेत एकै साथ आयोजना गरिएको छ । भदौरे क्लव, भदौरे आमा समूह र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सव पुषको १५ गतेसम्म संचालन छ ।

विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम तथा विशेष आकर्षणमा कोदोको परिकारहरु रहने आयोजकले बताएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नका लागि होम स्टे तथा कोदोबाट बनेका परिकारहरु राखिने महोत्सव संयोजक सन्तोष गुरुङले बताए । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न कार्यहरु तिव्र रुपमा अगाडि बढिरहेको पनि संयोजक गुरुङले जानकारी दिए ।

त्यसैगरी भदौरे क्लबका अध्यक्ष जीबन गुरुङले युवाहरुलाई लागुपदार्थ दुव्र्यसनदेखि टाढा राखी खेलप्रति आकर्षण गराउन महोत्सवमा युवाहरुका लागि विभिन्न खेलकुद प्रतियोगिता राखिएको बताए । महोत्सवमा पुरुष तथा महिला सेभेन ए साइड फुटबल, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, घुम्ने कुर्ची, रस्साकसि लगायतका प्रतियोगिताहरुका साथमा विभिन्न साँस्कृतिक कार्यक्रम रहने क्लबका सल्लाहकार आइन्दल गुरुङले जानकारी दिए । साथै पुरुष सेभेन ए साइड फुटवल प्रतियोगिताका प्रथम हुने टीमले नगद ७० हजार तथा द्धितियले नगद ४० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने गुरुङले बताए ।

कमेन्टहरु
Loading...