मुखले कलम च्यापेर एसईई उतिर्ण अपांग भरत तमुलाई १ लाख १३ हजार सहयोग

पोखरा, २५ असोज/चितवन निवासी शारिरीक अपांगता भई मुख कलम च्यापेर लेखेर एस ई ई उतिर्ण गरि एघार कक्षा अध्ययनरत भरत तमुलाई तमु धिं नेपालको ३३ औं साधारणसभामा संकलित १ लाख १३ हजार २६५ रुपैया हस्तान्तरण गरिएको छ । भरत तमु सहयोग समिति पोखराको पहलमा तमु धिं नेपालमा संकलित उक्त रकम सहयोग समितिकी संयोजक लक्ष्मी तमु र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले भरत तमुलाई उच्च शिक्षा अध्ययन सहयोगार्थ हस्तान्तरण गर्नुभएको हो ।

भरत तमुको उच्च शिक्षाका लागि तमु धिं नेपालले १० हजार, तमु धिं नेपाल केन्द्रीय आमा समितिले ७ हजार ५ सय, तमु ट्हो ह्युल हंगकंगका पुर्व अध्यक्ष कमल तमुले ५ हजार, तमु धिं नेपाल साउदी अरब प्रवास शाखाले ४ हजार लगायत साधारणसभामा उपस्थित विभिन्न तमु समाज, आमा समिति, सहयोगदाता महानुभावहरुले उक्त रकम सहयोग गर्नुभएको हो ।

मुखले कलम च्यापेर एसईई उतिर्ण अपांग भरत तमुलाई १ लाख १३ हजार सहयोग
मुखले कलम च्यापेर एसईई उतिर्ण अपांग भरत तमुलाई १ लाख १३ हजार सहयोग

तमु धिं नेपालको साधारणसभामा भरत तमुको बारेमा सहयोग समितिकी सदस्य विना तमुले जानकारी गराउनुभएको थियो भने भरत तमुले मुखले कलम च्यापेर राम्रा अक्षरमा “तमु धिं नेपाल, कास्की पोखराका सम्पुर्ण महानुभावहरुमा म जस्तो अपांगहरुलाई उच्च शिक्षाको लागि हौसला जोस जाँगर बढाइ दिनु भएकोमा म भरत तमुको तर्फबाट मुरी मुरी धन्यवाद छ” लेखेर धन्यवाद व्यक्त गर्नुभएको थियो । भरत तमुलाई उनको आमा र सहयोगीका साथ भरत तमु सहयोग समिति कास्की पोखराले तमु धिं नेपालको साधारणसभामा सहयोगको अपेक्षा सहित सहभागी गराएका थिए ।

कमेन्टहरु
Loading...