भाइटीकाको उत्तम साइत सार्वजनिक

काठमाडौ, १५ कात्तिक / नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७५ को भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको हो ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सहितको टोलीले शुभ बेलाको साइत घोषणा गरेको हो ।  यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ ।

कात्तिक १९ गते कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ ।

कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् ।

कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ ।

कमेन्टहरु
Loading...