वेगनास र रुपातालको बीचमा भ्यू टावर

पोखरा ,३१ जेठ/ कास्कीको पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर​ ३१ सुन्दरीडाँडामा वेगनास र रुपातालको बीचमा पर्ने गरि निर्माण गरिएको दृश्यावलोकन अर्थात भ्यू टावर तथा जैविक सूचना केन्द्रको  उद्घाटन गरिएको छ ।बुधबार पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रमका बिच​ उद्घाटन गरेका हुन् ।

सुन्दरीडाँडामा भ्यू टावर उद्घाटन (तस्बिर: राममणि अधिकारीको फेसबुकबाट​)

जैविक विविधता अनुसन्धान तथा विकासको लागि स्थानीय पहल (ली–बर्ड)को १८ लाख ९५ हजार, पोखरा लेखनाथ महानगरपालिकाको ६ लाख ५ हजार, नेपाल सरकारको ५ लाख तथा स्थानीय ब्यक्तिहरुको गरी कूल ३९ लाख ९६ हजार रुपैयाँको लागतमा यो भ्यू टावर तथा सूचना केन्द्र निर्माण गरिएको हो । सूचना केन्द्रमा रुपा तथा वेगनाथ ताल जलाधार क्षेत्रमा पाईने विभिन्न जैविक विविधताका नमूना तथा जानकारीहरु राखिएका छन् ।

सुन्दरीडाँडामा भ्यू टावर उद्घाटन (तस्बिर: राममणि अधिकारीको फेसबुकबाट​)

यस टावरबाट रुपा, वेगनास तालको साथै सो को जलाधार क्षेत्र सहित अन्नपूर्ण, माछापुच्छे«, लमजुङ्ग हिमाल लगयतका हिमश्रृङ्गखलाहरुको अवलोकन गर्न सकिने छ​ ।टावर तथा सूचना केन्द्र सञ्चालनको लागि स्थानीय स्तरमा व्यवस्थापन समिति समेत गठन गरिएको छ । त्यहाँ प्रवेशको लागि यस समितिले टिकटको समेत व्यवस्था गरेको छ ।

कार्यक्रममा  ली–बर्डका अध्यक्ष कृष्णप्रसाद बराल, लेखनाथ होटल एशोसिएसनका अध्यक्ष दामोदर भक्त थापा, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष कमल बहादुर​ थापा लगायले भ्यू टावर तथा सूचना केन्द्रले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । सुन्दरी डाँडा भ्यूटावर तथा जैविक विविधता सूचना केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव बीरेन्द्र ढकालले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...