महिला र पुरुष विच भलिबलको फाइनल हुर्दैै

पोखरा, ९ असार/छैटौं महिला विच भलिबल प्रतियोगिताको उपाधिको लागि दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्ने छन् । उपाधिको लागि नेपाल पुलिसको ए टोलीले शसस्त्र प्रहरी बलको ए टोलीसँग खेल्ने छ ।

शनिबार साँझ रोकिएको दोस्रो सेमिफाईनल खेल आईतबार दिउँसो खेलाउँदा शसस्त्र प्रहरी बल एले नेपाल पुलिस क्लब बीलाई सोझो सेटमा पराजित गर्दै उपाधि प्रतिस्पर्धाको लागि फेरी एक पटक नेपाल पुलिस क्लबको ए टोलीसँग आमने सामने हुने छन् ।

आईतबार फेवाकिनारमा रहेको बाराही खेल मैदानको विच भलिबल कोर्टमा भएको सेमिफाईनलमा शसस्त्र प्रहरी बलका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल पुलिस क्लब बी टोलीका मनिषा चौधरी र पुष्पा चौधरीको जोडीलाई २१–९ र २१–१४ को सेटमा पराजित गर्दै फाईनल भिड्ने निश्चित गरेका हुन् ।

महिला तर्फ तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लब बी तेस्रो स्थान जमाउन सफल भएको छ । आर्मीका पुष्पापल परियार र मनिषा खाँडको जोडीलाई पुलिस बीका मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले प्रतिस्पर्धात्मक खेल ८–२१, २१–१२ र १५–१२ को सेटमा जित्दै तेस्रोस्थानमा रमाए ।

नेपाल भलिबल संघको आयोजना तथा कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा गत बिहीबारदेखि आयोजित प्रतियोगिता अन्तर्गत आईतबार पुरुष तर्फ गण्डकी बीले नेपाल पुलिस क्लब एलाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाईनल सुनिश्चित बनायो । गण्डकी बीका राजु विक र अनिल दर्लामी मगरको जोडीले नेपाल पुलिस क्लब एका चन्द्र कुवँर र तोरण चन्दको जोडीलाई पराजित गरेको थियो ।

पहिलो सेट २१–१५ मा सजिलै लिएको गण्डकी प्रदेशले दोस्रो सेट भने पुलिसलाई १८–२१ले गुमाउन पुग्यो । अन्तिम निर्णायक सेटमा भने लयमा फर्किएको गण्डकीले १५–९ मै सेट आफनो पक्षमा पार्दै फाईनल प्रवेशको ढोका खोल्यो ।

अर्को सेमिफाईनलमा भने गण्डकी प्रदेश ए नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको शिकार बन्न पुग्यो । निकै प्रतिस्पर्धात्मक तीन सेट खेल्दै आर्मीले उपाधिको लागि गण्डकी प्रदेशको बी टोलीसँग प्रतिस्पर्धा गर्ने छ । सन्जु विक्रम शाह र रमेश केसीको जोडीलाई आर्मीका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले २१–१४, १२–२१ र १५–११ को सेटमा पराजित गर्दै फाईनल तय गरेको थियो ।

सातै प्रदेश र तीन विभागीय गरी पुरुष तर्फ १७ र महिला तर्फ १४ टोलीले सहभागिताका जनाएका थिए । विजेता महिला तथा पुरुष टोलीले समान नगदराशी ३०/३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । दोस्रो हुने दुवै टोलीको हकमा भने २०/२० हजार र तेस्रो हुने टोलीको भागमा भने १०/१० रुपैयाँ पर्ने छ । उत्कृष्ठ खेलाडीद्वयलाई पनि नगद ३/३ हजार रुपैयाँ प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...