जताततै भद्रगोल छः मुुख्यमन्त्री गुरुङ

पोखरा, १८ मंसिर/ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले देशमा जताततै भद्रगोल भएको बताएका छन् । मंगलबार, पोखरा महानगरको सभा हलमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उद्योग प्रतिष्ठानको वातावरण अनुगमन सम्बन्धि अभिमुखिकरण कार्याशाला गोष्ठिलाई सम्बोधन गर्दै गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

विकास निमार्णका कार्यहरु सबै भद्रगोल रुपमा भइ रहेको उनको आरोप थियो । पोखराको सडकको स्थिति उल्लेख गर्दै उनले भने, ‘जहाँ घर छ । त्यहाँ बाटो साँघुरिएको छ । जहाँ खुला छ त्यहाँ फराकिलो छ । घर हेरेर बाटो घुमेको छ ।’ यसरि अन्र्तराष्ट्रिय रुपमा नकारात्म प्रभाव पार्ने उनले सुनाए । ‘विकास आधुनीक मापदण्ड अनुसार गरिनुपर्छ,’ उनले भने, ‘कसैको सनकको भरमा देशको विकास हुँदैन ।’

पोखराको विकासको लागि तत्काल ४ ओटा कुरा सुधार्न आवश्यक रहेको उनले सुनाए । बिजुलिको तार अन्डरग्राउन्ड गरिनुपर्ने, ट्राफिक चोक सुन्दर बनाउँनुपर्ने, टोलटोलमा पार्क बनाउँनुपर्ने, पैदल यात्रीको लागि फुट ट्रयाक बनाउनुपर्ने उनको भनाई थियो । विकास निमार्णका कार्य धेरै जसो नमिलेको उनको आरोप थियो । ‘न्युनतम ४ लेनको बाटो हुनुपर्छ,’ उनले भने, ‘अन्र्तराष्ट्रिय विमानस्थल बनेपछि के गर्ने ?्’

अरुले यो गरे र त्यो गरे भनेर सुनाउँनु भन्दा पनि आफैंले गरेर देखाउँनु पर्छ उनले थपें । ‘कहीं नभएको जात्रा हाडिं गाउँमा भनेजस्तो कागजमा लेखेर मात्र हुँदैन,’ उनले भने, ‘काम गरेर देखाउँनु पर्छ ।’

नगरले के योजना बनाउँदै छ सडक विभाग र सडक विभागले के योजना बनाउँदै छ नगरले पहिले नै ख्याल राख्नुपर्ने उनको भनाई थियो । ‘नगरले एउटा योजना बनाउँछ । सडक विभागले भत्काई दिन्छ,’ उनले भने, ‘आ – आफ्नो ढङ्गले काम गरेर पनि कही विकास हुन्छ ?’ गोष्ठिले वातावरण संरक्षणमा अहम भुमिका खेल्नेमा विश्वस्त रहेको उनले सुनाए ।

कमेन्टहरु
Loading...