कास्कीका नयाँ एसपीले भने पहिले प्रहरीलाई सुधार्छु

सागर राज तिमिल्सिना
पोखरा, २८ पुस /जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको जिम्मेबारी सम्हाल्न आएका पं्रहरी उपरिक्षक (एसपी) बसन्त लामाले सबै भन्दा पहिले प्रहरीलाई सुधार्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर एसपी लामाले आफुले नेपाल प्रहरीको जे जिम्मेबारी छ सो पुरा गर्ने बताउदै प्रहरीको आचरणमा सुधार आए धेरै कुरामा सुधार आउने बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी बसन्त कुमार लामा
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी बसन्त कुमार लामा

“आज तपाईहरुसंग पहिलो पटक भेट्दै छु, अहिले म संग यस्तो गर्छु उस्तो गर्छु भन्ने योजना केही पनि छैन ।’ लामाले पत्रकारहरुसंग भने–“अहिले म प्रहरी भित्रै आन्तरिक सुधार शुरु गरेको छ ।’ प्रहरीका कमी कमजोरी केही थाहा पाउनु भए तत्काल आफुलाई खबर गर्न आग्रह गर्दै एसपी लामाले केही प्रहरीको आचरण र बोली चाली खराब रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी बसन्त कुमार लामा पत्रकार माझ
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी बसन्त कुमार लामा पत्रकार माझ

“आफ्नो दायित्वबाट च्युत हुने, सेवाग्राहीलाई अपमान गर्ने अधिकार नेपाल प्रहरीलाई छैन ।’ उनले भने–“तपाईहरुले केही दिन भित्रै थाहा पाउनु हुनेछ, अब कास्कीका प्रहरीको व्यवहारमा सुधार आउछ ।’ एसपी लामाले आफुले कुनै पनि खालको अनुचुति दवाव सहन नगर्ने बताए ।

कमेन्टहरु
Loading...