Ganthan News Pokhara
All news from Pokhara & around

ब्रतबन्धको भोज कटाएर विद्यालयमा अक्षयकोष

0

पोखरा, २७ पुस/ब्रतबन्धको भोजभतेरमा हुने खर्च कटाएर एक परिवारले छोराको नाउँमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

पोखरा–८, प्रतिभामार्ग बस्ने यदुनाथ अधिकारी र श्रीमती सरस्वती अधिकारी सरुले छोरा आदर्श अधिकारीको ब्रतबन्धको भोजवापतको २ लाख रुपैयाँ पृथ्वीनाराण मावि, धम्पुसमा अक्षयकोष स्थापनार्थ सहयोग गरेका हुन् ।

यदुनाथका बाबु स्व. कलाधर अधिकारीको स्मृतिमा विद्यालयको वार्षिकोत्सव अवसरमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मामार्फत विद्यालयलाई शुक्रबार सो रकम प्रदान गरियो ।

अक्षयकोषबाट आउने व्याजमार्फत विद्यालयमा हुने विभिन्न क्रियाकलापमध्ये भलिबल, फुटबल, गायन, नृत्य, वक्तृत्वकलामा उत्कृष्ट र प्रतिभावान् विद्यार्थीलाई वार्षिकरुपमा पुरस्कृत गरिने अक्षयकोषदाता सरु अधिकारीले जानकारी दिइन् ।

विद्यालयका पूर्व विद्यार्थी यदुनाथ अधिकारी युवाउद्यमी तथा व्यवसायीको रुपमा चिनिन्छन् भने सरु अधिकारी सामाजिक कार्यकर्ता हुन् । अधिकारी दम्पत्तिका तीन छोराछोरीमध्ये आदर्श कान्छा हुन् । उनका दुई दिदीहरु एलिसा र आयुषाका छन् ।

अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...