आजको मौसमः भारी वर्षाको संभावना

9

काठमाडौं, ९ साउन /जल तथा मौसम पूर्वानुमान महाखाशाका आज देशभर सामान्यतया बदली भई देशका पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा भइरहेको छ ।

बाढी र वर्षाका कारण सयौं जनाले ज्यान गुमाएका छन् भने विस्थापित हुने परिवारको संख्या पनि बढ्दो छ ।

जल तथा मौसम पूर्वानुमान महाखाशाका अनुसार अब मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै जाने छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू भागभन्दा दक्षिणतिर सर्ने भएकाले मनसुन गतिविधि कमजोर हुने भएपछि वर्षा पनि कम हुने मौसमविदले बताएका छन् ।

बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । पश्चिम तराई र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ ।

पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेकाले नदी ’round, नहर छेउछाउ बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

मौसम विश्लेषण (Meteorological Analysis):

अब मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको तराई भू-भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिन्छ जसको कारणले मनसुनी गतिविधि कम सक्रिय हुदै जाने देखिन्छ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य बदली भई देशका पुर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

 श्रावण ९ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।  देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण १० गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ | देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।

 

श्रावण १ गते (शनीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

 राती: देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि ’roundका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।