व्यापार मेला पुसको अन्तिम साताबाट, विभिन्न उपसमितिहरु गठन

पोखरा, २८ असोज /पोखरा उद्योग वाणिज्य संघले आउँदो पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको छ । संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले विभिन्न उपसमितिहरु गठन गरेको हो । महासचिव अधिकारीका अनुसार मेलाको अतिथी व्यवस्थापन उपसमितिमा संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा रहनु भएको छ ।

यसैगरी मेलाको आन्तरिक अतिथी व्यवस्थापनमा संघका सल्लाहकार संजिवबहादुर कोइराला, मेला व्यवस्थापन तथा प्रायोजक व्यवस्थापन उपसमितिमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, मेला व्यवस्थापन तथा स्टल व्यवस्थापन उपसमितिमा संघका वाणिज्यतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, प्रचार प्रसारमा संघका महासचिव दामु अधिकारी,साँस्कृतिक उपसमितिमा संघका कोषाध्यक्ष पवनकुमार प्रजापति र व्यानर प्रायोजक व्यवस्थापन उपसमितिमा संघका उपमहासचिव अर्जुन पोखरेल रहनुभएको छ ।

यसैगरी मेलाको अन्य उपसमितिहरुको जिम्मेवारी कार्यसमितिका सदस्यहरुले लिनुभएको छ । महासचिव अधिकारीका अनुसार टेलिफोन व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य अनिल सिग्देल, मञ्च समारोह व्यवस्थापनतर्फ सीता बराल, रेष्टुरेण्ट व्यवस्थापनमा सुरेन्द्रमान विजुक्छे, पार्किङमा यदुनाथ अधिकारी, सुरक्षा व्यवस्थापनमा किसन सुनार, बाल उद्यानमा देवकृष्ण काफ्ले, टिकट व्यवस्थापनमा प्रेमबहादुर भुजेल, कृषि तथा हस्तकला व्यवस्थापनमा गोमा ढकाल,वातावरण तथा सरसफाईमा गीताकुमारी तिवारी गौतम, मूलद्धार व्यवस्थापनमा डिबी भुजेल, विद्युतमा नारायण प्रसाद पौडेल,स्वास्थ्यमा यमनाथ पौडेल, खानेपानीमा गिरिधारी अधिकारी,स्थानीय समन्वय व्यवस्थापन मोहनबाबु खड्का, यातायातमा कमलबहादुर बस्नेत, स्टेजमा नरेन्द्र बास्तोला, प्रकाशनमा प्रकाशदेव पालिखे, व्यानर व्यवस्थापन चन्द्रकिशोर गौतम, उपहारमा हिरामणि पण्डित र पर्यटन व्यवस्थापन उपसमितिमा गौबहादुर ९ज्याक० तामाङ रहनु भएको छ ।

राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७४, पोखरा आउँदो मंसिर १४ गतेदेखि २४ गतेसम्म आयोजना गर्ने निर्णयलाई संघको पछिल्लो कार्यसमितिको बैठकले परिमार्जन गरेको हो । आसन्न संसदीय तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर राख्दै मेलाको पछिल्लो मिति तय गरिएको संघका महासचिव अधिकारीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...