बैंकको ब्याजदर घटाउन निर्देशन दिइसक्य–अर्थमन्त्री खतिवडा

पोखरा, ५ पुष /अर्थमन्त्री युवराज खतिवडाले ब्याजदरमा हुने गरेको उताड चडावलाई लिएर हुने गरेको चिन्ता प्रति सरकारले सम्बोधन गर्न सम्बन्धिन निकायलाई निर्देशन दिइसकेको बताएका छन् । पोखराको लेखनाथमा शुरु भएको लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै खतिवडाले व्याजदर र पुजीँ बजारका विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धी निकायलाई निर्देशन दिएका बताए ।

खास गरी लामो अवधीको, दिर्घकालीन अवधीको ब्याजदर अत्यन्त धेरै भइदिदा पूर्वाधार क्षेत्रका ठुला आयोजनाहरुमा लगानी गर्ने क्रम हातोत्साहित हुने गरेको उनले बनाए । १२, १३ प्रतिशतको ब्याजदर भैसकेपछि त्यो पुजीबाट दिइने ऋण, त्यो ऋण लिएर परियोजना संचालन गर्नु पर्ने ब्यवसायको अवस्था सम्झने हो भने धेरैवटा दिर्घकालिन परियोजनाहरु त्यस्तो महंगो ब्याजदरको ऋणबाट सम्भव नहुने उनले बताए ।

उनले बैक वित्तीय संघसंस्थालाई ब्याजदरलाई एउटा सिमा भित्र राख्न सरकारले निर्देशन दिएको बताए । उनले एक थरी मान्छेले आर्थिक स्थिति बिग्रीयो खस्कीयो र सुधार भएन भन्ने गरेको भन्दै नेपालको इतिहासमा पहिलो पटक ७ प्रतिशत भन्दा माथी देशको आर्थिक बृद्धिदर गर्ने ठोकुवा गरे । यो वर्ष हाम्रा आर्थिक क्रियाकलापहरु विस्तार भइरहेको पनि उनले बताए ।

औधोगिक र विकास निर्माणका कच्चापदार्थको आयात ४१ प्रतिशतले बढेको पनि उनले सुनाए । पोखराका काठमाडौ सडकलाई फराकीलो बनाउन ४ लेनको डेडिकेट सहित ६ लेनको सडक विस्तारका लागि दातृ राष्ट्र संग कुरा भइरहेको उनले सुनाए । ११ दिन सम्म सञ्चालन हुने महोत्सवको स्थानीय तथा अन्तराष्टिय सामग्रीको किन बेच, मनोरञ्जनात्मक कार्यक्रम लगाएत सञ्चालन हुने छन् ।

कमेन्टहरु
Loading...