वाम गठबन्धनले झुक्यायो – नयाँ शक्ति पार्टीका संयोजक भट्टराई

सागर राज तिमिल्सिना
पोखरा, १४ कात्तिक/नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वाम गठबन्धनले झुक्याए पछि गठबन्धनबाट बाहिरीएको बताएका छन् । प्रेस सोसाइटी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पहिले समाजबादी पार्टी बनाए जानेभन्दै बोलाएको बताए । ‘नयाँ समाजबादी पार्टी बनाउने हो भनेर बोलाएका थिए,’ भट्टराईले भने ‘तर पछि गएर बुझ्दा त पुरानै कम्युनिष्ट पार्टीको धङधङी बोके पछि हामी गठबन्धनबाट बाहिरीयो ।’

उनले एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्र औचित्य नरहेको बताए । स्टालिनकालीन कम्युनिष्टको नेपालमा कै औचित्य नरहेको उनेको जिकीर थियो । उनले एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउदै दुई पार्टीले नमानेपछि आफू गठबन्धनबाटै बाहिरिएको उनको दावी थियो ।

उनले गोरखा २ वा नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको हल्ला मात्रै भएको बताए । उनले नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताए । कांग्रेस र कम्युनिष्ट दुबैलाई समदुरीमा राखेर अगाडि बढ्ने समेत बताए । संयोजक भट्टराईले लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रुपमा लिन नहुने बताए । ‘नयाँ शक्ति वाम पार्टी पनि हैन, पूर्ण लोकतान्त्रिक पार्टी पनि हैन ।’ उनले भने अबको अवाश्यकता नयाँ फ्युजन नै आवश्यक रहेको बताए ।

 

कमेन्टहरु
Loading...