बलत्कारको आरोपमा पोखरा उपत्यकानगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ

पोखरा, ८ चैत/पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र एनआइसी एसिया बैंकका फुलबारी शाखाका प्रमुखलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठलाई बलत्कारको आरोपमा र शाखा प्रमुख सुवास सुबेदीलाई यौन दुव्र्यवहार गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामको सादा पोसाकको प्रहरी टोली कुल रोका सहितको टोलीले पक्राउ गरेको हो ।

१६ वर्षकी किशोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीले दुबै जनालाई होटलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । छिमेकीको घरमा घरेलु कामदारको रुपमा काम गर्ने ति युवतीको प्रहरीलाई दिएको बयानका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपि रविन्द्रमान गुरुङले उजुरी परेपछि सोधपुच्छका लागि जिल्ला प्रहरीका कार्यलय कास्कीमा ल्याएको बताए । उनले अनुसन्धान भइरहेको बताउदै अहिले नै केही भन्न नमिल्ने बताए ।

कमेन्टहरु
Loading...