बलत्कारीलाई ऐतिहासीक फैसला, श्रेया विकका हत्यारा कुसुम पौडेललाई जन्मकैदको सजाय

पोखरा, ४ पुस /पोखरा महानगरपालिका २२ पुम्दिभुम्दिकी श्रेया विक (सुनार)को बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्रप्रसाद शाहको ईजालसले पौडेललाई जन्मकैदको सजाय सुनाएको हो ।

पोखरा महानगरपालिका २२ का मीनबहादुर विकको जाहेरीको आधारमा २७ बर्षिय पौडेललाई जन्मकैदको फैसला सुनाईएको अदालतले जनाएको छ । पौडेलमाथी भएको जन्मकैदको फैसला नेपालको ऐतिहासीक फैसला हो । मुलुकी अपराध संहिता २०७४ ले बलत्कार पछिको हत्यारालाईज जन्मकैदको व्यवस्था गरेको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जवर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले पौडेलले जीवनभर जेल बस्नुपर्ने भएको छ । असोज ९ गते रक्सीमा मात्तिएर पौडेलले १० वर्षीय श्रेयामाथि बलात्कारको प्रयास गरेका उनले पैसाको लोभ देखाएर बाटोभन्दा केही पर बलात्कार गर्न खोजेको स्वीकार गरेका थिए ।

बलात्कारको प्रयास गर्न खोज्दा श्रेयाले प्रतिकार गरेपछि कुसुमले घाँटी थिचेका थिए । त्यसपछि बेहोस भएको थाहा भए लगत्तै उनले ढुंगाले टाउकोमा हानेर उनको हत्या गरेका थिए ।

जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले, सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बहस गरेका थिए । त्यस्तै उनको पक्षमा वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए । दोषीउपर कडा सजायको माग गर्दै श्रेयाका आफन्तले पोखरामा आन्दोलन गरेका थिए ।

पोखरामा १० बर्षिया बालिकाको बलत्कार पछि हत्या, हत्यामा संलग्न पक्राउ

पोखराकी श्रेया सुनारको हत्यारा पत्ता लगाउने कुकुरलाई उत्कृष्ट अवार्ड

पोखराकी श्रेयालाई बलात्कारपछि हत्या गर्ने कुसुम जेल चलान

बलात्कारपछि हत्या गरिएकी पोखराकी श्रेयाको १० दिन पछि दाहसंस्कार

पोखरामा १० बर्षिया बालिकाको बलत्कार पछि हत्या

पोखरामा श्रीयाको बलत्कार पछि हत्यामा छिमेकी पक्राउ यस्तो छ घटना विवरण
कुसुम
कमेन्टहरु
Loading...