सहयोगी नेपाली मनहरुद्वारा बाढी पीडितलाई सहयोग

पोखरा, २ भाद्र/बाढी पहिरोले देश आक्रान्त बनिरहेको बेला सहयोगी हातहरु जुट्न थालेका छन् । बाँकेको राप्ती नदीमा आएको बाढीका कारण पीडित सोनारी गाउँपालिका अन्र्तगत पर्ने टिकुलिपुरबासीलाई सहयोगि नेपाली मनहरू प्रालिले सहयोग हस्तान्तरण गरेको छ ।

सहयोगि नेपाली मनहरू प्रालिद्वारा संकलित राहतलाई बुधबार सहयोगि नेपाली मनहरू प्रालि.का संचालक एवं राहत संकलन समितिका पोखरा संयोजक छवि मगरले राप्ती सोनारी गाउँपालपिका वडा न–०२ अन्र्तगत पर्ने टिकुलिपुरमा पुगेर हरलाबोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष आन्सर खत्री, सचिव कृष्ण केसी, जन कल्याण सामुदायिक वन उपभोक्ता समुहका हरिभक्त पौडल र दुर्गा भगवति सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष चन कुमारि थारू लाई राहत हस्तान्तरण गरेका हुन् । सो समुहले त्यही पिडति परिवार लाइ वितरण गर्ने छन् ।

सहयोगी नेपाली मनहरुद्वारा बाढी पीडितलाई सहयोग
बाढी पीडित

संयोजक छवि मगरका अनुसार टिकुलीपुरका ५०० घरधुरीलाई चाउचाउ १८ कार्टुन ,बिस्कुट १८ कार्टुन, भुजा ३५० कार्टुन, दालमोट ५०० कार्टुन गरि २० हजार बराबरको सामग्री सहयोग गरिएको हो । राहत सामाग्री बुझिसकेपछि हरलाबोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष आन्सर खत्रीले सहयोगि नेपाली मनहरूको टिमलाई धन्यवाद दिँदै आगमी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।

बाढी पीडितका लागि राहत संकलन गर्न सहयोगि नेपाली मनहरू कतारबाट लोकेश गैह्रैले संयोजनन गरेका थिए भने राहत बितरण गर्न सहयोगी नेपाली मनहरु प्रालिका नेपाल संयोजक छवि मगर पोखराबाट तराई पुगेका थिए । कतारमा सहयोगि नेपाली मनहरूका अध्यक्ष लोकेश गैह्रै, उपाध्यक्ष चित्र आले, सहयोगीहरु राजकुमार धिमाल, यदुराज गिरी, निङ्मा लामा, संजय थापामगर, सोमनाथ बर्तौला,कृष्ण बुढाथोकी, नरेन्द्र चिदीमगर, विनोद सुवेदी र शिव बस्नेतले सहयोग गरेका थिए ।
टिकुलीपुरमा बाढीका कारण मानविय क्षति नभए पनि बस्ती पूरै डुबानमा परेको छ ।

त्यहा लगाए राप्ती पारिको गाउमा बस्नको लागी कठिन अहिले सामुदायिक वनको चौवरमा त्रिपाल टागरे बसेको अझै त्रिपाल पनि पुरा पुगेको छैन । गाउमा चौपाए मरेर प्रदुषण भइ रहेको छ । खानेपनि औषधी सम्स्या भएको बताउछन् जन कल्याण सामुदायिक वन उपभोक्ता समुहका हरिभक्त पौडल । यो देखेपछि सहयोगी नेपाली मनहरुले द्रोस्रा चरणको राहत संकलनको लागी कतारका लोकेश गेैरे र नेपालमा छबि मगरको संयोजकत्वमा राहत संकलन जुटेको छ ।

सहयोगि नेपाली मनहरू प्रालि मा पनि यस टिमले यसभन्दा अगाडी पोखराको बृद्राआश्रम र बैदेशिक मृत्यु भएका परिवार र जटिल रोग लागेका ब्यतिmहरुलाइ सहयो गर्दे आइरहेको छ । अहिले सहयोगि नेपाली मनहरू प्रालि भई नेपालका केही लगानी गरी ४,५ जाना रोजगारी लिने उदेश्यले ग्यारेज , कार वास समेत संचालमा यही समीती भत्रिका ब्यतmीहरुको लगानी रहेको छ । ग्यारेज , कार वास बाट पनि कमाएको ५% रकम सेवाकोलागी छुट्याएको छ ।

 

कमेन्टहरु
Loading...