पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज

पोखरा, २ बैशाख/नयाँ वर्ष सगँ पोखरा लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने भएको छ । अत्याधुनीक प्रविधि सहित औरा बार एण्ड लाउन्ज बैशाख दोस्रो साता सञ्चालनमा आउन लागेको हो ।

विदेशी विभिन्न अर्वाडबाट सम्मानीत भएको माउन्ट कैलाश रिर्सोट सगँको नयाँ भवनमा बार सञ्चालनमा आउन लागेको हो । ‘बैशाख १३ गतेबाट सफ्ट् ओपनीङ हुन्छ,’ लाउन्जका सञ्चालक नरेश भट्टराईले भने –‘ग्रान्ड ओपनीङ बैशाखको अन्तिम शुक्रबार हुने छ ।’ स्वदेशी तथा विदेशी पर्यटक र युवा पुस्तालाई लक्ष्त गरि बार सञ्चालनमा ल्याउन लागेको उनले बताए ।

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज
पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज

‘हामी नयाँ प्रविधिको साउण्ड सिष्टमलाई प्रयोग गरेर लाउन्ज सञ्चालमा ल्याउन लागेको छौ,’ उनले भने ‘जुन सुकै टेबलमा बसेर पनि एउटै साउण्ड क्वालीटी सुन्न सकिने छ ।’ उनले यस्तो प्रविधिको साउण्ड सिस्टमा काठमाडौ पछि पहिलो पटक पोखरामा प्रयोग भएको बताए ।

१० करोड भन्दा बढिको लगानी रहेको लाउन्ज पोखराको पहिलो पुर्णमा रुपमा साउण्ड प्रुफ बार हो । १ सय जना सिट क्षेमताको लाउन्जमा हरेक दिन लाइभ ब्राण्ड र लेट नाइट सम्म डिजेको प्रस्तुती हुनेछ । विभिन्न समयमा विदेशी कलाकार र डिजेलको समेत प्रस्तुती हने भट्टराईले बताए ।

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज
पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज
पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज
पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज
पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज
पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज

Posted by Ganthan.com on Sunday, April 14, 2019

कमेन्टहरु
Loading...