शनिबार पोखरामा एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप ट्रायथलन

पोखरा, १३ बैशाख /पोखरामा भोलि शनिबार फेवाताल किनारमा ट्रायथलनको एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप शुरु हुदैै छ । त्यसको लागि सहभागि खेलाडीहरु पोखरा आईपुगेका छन् ।

‘एक वर्ष अघि नै फिक्स भईसकेको कार्यक्रम हो । त्यसैले आवश्यक तयारीलाई पुरा गरेका छौं ।’ कास्की ट्रायथोलन संघका सचिव प्रकाश बरालले बताए । च्याम्पियनसिपको लागि अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ । स्वीकृतिको लागि १ हजार डलर खर्च गरिएको संघले जनाएको छ ।

ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । ‘पौडी फेवातालमा गराईने छ । दौड हिमागृह—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं— हिमागृहमा पुगेर टुंगिने रुट बनाईएको छ ।’

कास्की जिल्ला ट्रायथलन संघ कास्कीका अध्यष देवकोटाले भने–‘दौडको यो पाँच किलोमिटर दुरीलाई साइक्लिङ गर्दा चार फन्को मार्नुपर्छ ।’ उनका अनुसार राष्ट्रबैंक आउनको लागि ‘बाईपास रोड’ प्रयोग हुने छ ।

शनिबार हुने प्रतिस्पर्धाको लागि सवारी साधनले निम्त्याउने समस्यालाई ध्यान राख्दै रुटमा पर्ने सडकको आधा भागलाई व्यवस्थापन गर्नुपर्ने जोड दिदैं संघले सवारी साधनको ट्राफिक व्यवस्थापन गरिदिन आग्रह समेत गरेको छ । ‘सवारीसाधनको चापलाई व्यवस्थापन गर्नुपर्ने खाँचो छ ।’ उनले भने–‘त्यसको लागि बाटो केही घण्टाको लागि अवरुद्ध हुन सक्छ । त्यसको लागि विशेष ध्यानसहित यातायात व्यवसायीको सहयोगको जरुरी छ ।’

एशियन कप र साउथ एशियन च्याम्पियनसिपमा २७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ९ देशका खेलाडी छन् । लुथेनिया, पोल्याण्ड, जापान, कोरिया, अष्ट्रेलिया, काजाकास्तान, भारत, बंगलादेश,र नेपालका गरी २७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

२० पुरुष र ७ महिला खेलाडी छन् । जापानबाट मात्रे ८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपाली पाँच जना छन् । भारतबाट ३, बंगलादेशबाट २ जना सहभागि छन् । कोरियाबाट पनि २ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथलन संघले जनाएको छ ।

ट्रायथोलनलाई प्रवद्र्धन गर्नको लागि अन्तराष्ट्रिय च्याम्पियनसिप गराईएको प्रष्टयाउँदै अध्यक्ष देवकोटाले राष्ट्रिय गौरवको खेलको रुपमा समेत संघले लिएको छ । उनले साउथ एशियनसँगै ‘अन्तराष्ट्रिय ओपन कम्पिटिसन’ ले पोखराको एडभेन्चर स्पोर्टसलाई प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ट्रायथलन खेल मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास संघले लिएको छ ।

३० लाख रुपैयाँ खर्च हुने छ । खर्चको लागि स्थानीय र प्रदेश सरकारसँगै खेलकुदका निकायसँग सहयोगको लागि प्रस्ताव गरिने संघका अध्यक्ष देवकोटाले सुनाए । ट्रायथलन च्याम्पियनसिपले पोखरालाई साहसिक खेलकुदको गन्तव्यस्थलको रुपमा परिचित गराएको छ ।

राष्ट्रिय खेलकुद परिषदले पनि पोखरामा ट्रायथोलन एकेडेमी निर्माण गर्न ३० लाख रुपैयाँ बजेट उपलब्ध गराईसकेको छ । उपलब्ध बजेटबाट पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीमा आवश्यक जग्गा छुट्टाई काम शुरु गरिएको छ । नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले साईक्लिङ ट्रयाक, स्वीमिङ पुल, आवासिय भवनसहितको पुर्वाधार तयार गर्ने योजना रहेको बताए ।

उनका अनुसार अहिलेको पाँचलाख रुपैयाबाट सर्भेसहित गुरुयोजना बनाईने छ । ट्रायथोलनको पुर्वाधारसहित तालिम केन्द्र बनाउन झण्डै ४० करोड खर्च हुने प्रारम्भिक अनुमान गरिएको उनले बताए । च्याम्पियनसिपलाई जापानीज संस्था एनटिटीले मुख्य प्रायोजन गरेको छ । एनटिटी जापानको टेलिभिजन संस्था समेत रहेको संघले जनाएको छ । संस्थाले ७ हजार डलर उपलब्ध गराउने छ ।

कमेन्टहरु
Loading...