श्री एयरलाइन्सले ल्यायो टर्बोजेट, पोखरा उडान गर्ने

पोखरा, २ भदौ/ श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको क्वू ४०० सिरिजको जहाज नेपाल भित्राएको छ ।

बम्बार्डियरकै जेट इन्जिन सिआरजे सिरिजका चार जहाजबाट नेपालमा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले टर्बोजेट जहाज ल्याएको हो । सो जहाजबाट काठमाडौं पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सले जनाएको छ ।

८० सिट क्षमताको यो जहाजबाट एयरलाइन्सले श्रीसँग भएका सिआरजे सिरिजका जेट जहाजभन्दा न्यून इन्धन खपत गर्ने छ भने बुद्ध र यति एयरलाइन्स उडाइरहेका एटिआरभन्दा धेरै इन्धन खपत गर्ने कम्पनीको भनाई छ ।

श्रीको ठूलो जहाजबाट पोखरामा उडान शुरु गरेपछि पोखरा काठमाडौ रुटमा भाडामा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

श्रीले केही महिना पहिले नै पोखरा काठमाडौं रुटमा हवाइ जहाज उठाउने घोषणा गरिसेको थियो । श्रीसँग नयाँ जहाज आए सगैँ ५ वटा जहाज पुगेका छन् ।

कमेन्टहरु
Loading...