राष्ट्रिय लिग भलिबलको उपाधि आर्मीलाई

पोखरा ७ पुष । पोखरा रंगाशलामा भएको चौथो आरविवि एनभिए पुरुष राष्ट्रिय भलिबल लिगको उपाधि आर्मीले हात रक्षा गरेको छ । नेपाल भलिबल संघको आयोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरी बल एपिएफलाई ३–२ ले हराउदै आर्मी लिग विजेत बनेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आर्मीले १८–२५,२५–१९,२५–१८,१८–२५ र १७–१५ ले पराजित गर्दै उपाधि उचालेको हो । आर्मीले नगद दुइ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको एपिएफले नगद एकलाख रुपैयामा चित्त बुझायो । खेलको पहिलो सेट जितेको एपिएफले दोस्रो र तेस्रो सेटमा भने जित निकाल्न सकेन चौथौँ सेटमा जित निकालेको एपिएफले अन्तिम सेटमा उत्कृष्ट प्रदर्शनी गरे पनि जित निकाल्न भने सकेन ।

त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल प्रहरीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४,२५–१९ र २५–१५ को सेटमा हराउदैँ तेस्रो स्थान हासिल गरेको छ । पुलिसले तेस्रो हुदैँ नगद ५० हजार रुपैयाँमा चित्त बुझायो भने मणिमुकन्दले २५ हजार रुपैँया प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट लिबेरो आर्मीका इश्वर आले, उत्कृष्ट सेटर नेपाल पुलिस क्लबका कप्तान इम बहादुर रानामगर , उत्कृष्ट सर्भर पुलिसकै कुल बहादुर थापा , उत्कृष्ट ब्लकर एपिएफ विजय थापा, उत्कृष्ट स्पाइकर आर्मीका मानबहादुर श्रेष्ठ, उत्कष्ट प्रशिक्षक आर्मीका प्रविन किशोर श्रेष्ठ घोषित हुुदैँ समान पाचँ–पाचँ हजार रुपैयाको साथै ट्रफि हात पारे भने प्रतियोगिताको उत्कृष्ट खेलाडि आर्मीका धनबहादुर भट्ट घोषित भए उनले नगद २५ हाजार रुपैयाँ र ट्रफि प्राप्त गरे ।

कमेन्टहरु
Loading...