पत्रककार अर्जुन गिरीलाई तीन दिन म्याद थप

पोखरा, ३ बैशाख /‘ठगी’ गरेको भन्दै समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ ।

साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो । ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो ।

गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहोबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । सोमबार देखि नै लागू हुने गरी अदालतले तीन दिन म्याद थपेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो । तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ ।

पत्रकार अर्जुन गिरीको रिहाई माग्दै देशभरका पत्रकार आन्दोलित, यस्तो छ कार्यक्रम

विपेन्द्र बतासले ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी

कमेन्टहरु
Loading...