पोखरामा अर्चना पनेरु प्रक्राउ

सागर राज तिमिल्सिना
पोखरा, ८ चैत /चलचित्र छायाँकनका लागि पोखरा आएकी अर्चना पनेरुलाई प्रहरी प्रक्राउ गरेको छ । पोखराको खल्टे मसिना छायांकनका क्रममा प्रहरीले प्रक्राउ गरेको हो ।

पोखरामा अर्चना पनेरु प्रक्राउ
पोखरामा अर्चना पनेरु प्रक्राउ

अर्चना पनेरु सहित चलचित्रका निर्देशक राजु गिरी, नायक, सहायक निर्देशक, प्रोडक्सन म्यानेजर सहित अर्चनाकी आमालाई प्रहरीले प्रक्राउ गरेको हो । उनीहरु चलचित्रको छायाँकनका लागि अनुमति नै नलिइ चलचित्र छायाँकन गरेको भन्दै प्रहरीले प्रक्राउ गरेको हो ।

उनीहरु चलचित्र बोर्डबाट चलचित्र दर्ता नै नगरी छायाँकन गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु चलचित्र जिस्मको छायाँकनका लागि पोखरा आएको थिए । उनीलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगेको छ ।

कमेन्टहरु
Loading...