अपहरणको नाटक गर्नेलाई कास्की प्रहरीद्धारा पक्राउ

पोखरा, ७ असोज / कास्की प्रहरीले अपहरणको नाटक गर्ने एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारी बस्ने ४२ बर्षिय नारायण प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

पौडेलले असोज ४ गते दिउसो अन्दाजी साढे एक बजे समयमा आफु अपहरणमा परेको भनि कास्की प्रहरीले जानकारी गराएका थिए । उनले दिएको सुचनाको आधारमा अपहरणकारीको खोजतलास तथा निजको उद्दारको लागि तत्काल प्रहरी परिचालन गरी खोजतलास कार्यको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

त्यस पछि असोज ५ गते पौडेल रुपन्देही जिल्ला गई आफुलाई पोखराबाट अपहरण गरी अपहरणकारीहरुले छाडी भारत तर्फ बोलाएको बताएको केसीले बताए ।

प्रहरीलाई जानकारी गराए पश्चात निजलाई आफन्तको जिम्मा लगाई पठाउन कास्की प्रहरीलाई अनुरोध गरी थप अनुसन्धान कार्य अगाडी बढाइएकोमा निजलाई कसैले अपहरण गरेको नभई लेनदेनको बिषयलाई लिएर आफ्नो बिपक्षीलाई फसाउन अपहरणको नाटक गरेको खुलेको केसीले जानकारी दिए । पौडेललाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको उनले बताए ।

कमेन्टहरु
Loading...