शसस्त्रका असई पोखरामा लुटपाटमा

सागर राज तिमिल्सिना
पोखरा, १४ जेठ /पोखरामा कार्यरत शसस्त्र प्रहरीका असई चोरी र डकैतीमा संलग्न भए पछि शसस्त्र प्रहरीले विभागीय कारवाही अगाडी बढाएको छ ।

चोरीका मोबाईल खोज्ने क्रममा प्रहरीले सशस्त्रका असईलाई केही दिन पहिले पक्राउ गरेको थियो । पोखराको लब्ली हिल र अन्य क्षेत्रमा एकान्तमा भेटेकालाई शसस्त्रका एक असईले लुट्दै आएका थिए । प्रहरीले पक्राउ गरेर सशस्त्र प्रहरीलाई नै बुझाए पछि सशस्त्रले उनका बारेमा अनुसन्धान थालेको जानकारी दिएको छ ।

अनुसन्धानबाट दोसी ठहरीय विभागीय कारवाही गर्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ गर्ने क्रममा आइ प्याड र विभिन्न ब्राण्डका मोवाइल सेटहरु फेलापारेको थियो । प्रहरी कार्यालयमा अहिले सम्म ५ जना भन्दा बढिले लुट्पाट भएको भन्दै उजुरी दिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...