अन्नपूर्ण क्षेत्रको पर्यटनमा प्रवद्र्धन गर्न आधार शिविरमा महोत्सव गरिने

पोखरा, १० साउन /अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्नपूर्ण आधार शिविरमा आगामी अक्टोवरमा सबैका लागि पर्यटन भन्ने मुल नाराका साथ पर्यटन महोत्सव गरिने भएको छ । अन्नपुर्ण गाँउपालिका कास्की, अन्नपुर्ण संरक्षरण क्षेत्र आयोजना कास्की, नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यालय पोखरा र टान क्षेत्रिय कार्यालय पोखराको बिशेष सहयोगमा महोत्सवको आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित अन्र्तक्रिया कार्यक्रममा जानकारी गराईएको छ ।

पर्यटन व्यवस्थापन उप समिति, छोम्रोङद्वारा पोखरामा आयोजित छलफल एवम् अन्तरक्रिया कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले यस क्षेत्रको पर्यटकीय विकासका लागि महोत्सव गर्न लागिएको बताए । आरोहणका दृष्टिबाट जेठो हिमालका रुपमा ख्याती कमाएको अन्नपूर्ण हिमालको ऐतिहासिक महत्व समेतलाई दृष्टिगत गरी महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए । महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न ललित गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

समितिको सह संयोजकमा भूवनेश्वर गुरुङ, सचिवमा दीलिप गुरुङ, प्रचारप्रसार संयोजकमा टंकराज अधिकारी, कानूनी सल्लाहाकारमा हरि भट्टराई लगायत रहेका छन् । भने समितिका सदस्यहरुमा नजरमान गुरुङ, बुद्धी गुरुङ, जे बी गुरुङ, जगनप्रसाद गुरुङ, दुर्गादेवी गुरुङ, ओम प्रसाद गुरुङ, टंक गुरुङ, देउकाजी गुरुङ, धुर्व गुरुङ, बिक्रम गुरुङ, क्षेत्र गुरुङ, राजकुमार गुरुङ, बिकास गुरुङ, कृष्ण गुरुङ, रत्ना गुरुङ, रविन गुरुङ, जगन बहादुर गुरुङ लगाएत रहेका छन् ।

समितिको सल्लाहाकारमा गाउँपालिका प्रमुख युवराज कुँवर, उपप्रमुख सगुन गुरुङ, सांसद सीता गिरी, गाँउपालीका क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने पार्टीका प्रमुख लगायत रहेका छन् ।

कार्यक्रममा पर्यटन व्यवस्थापन उप समिति छोम्रोङका अध्यक्ष इन्द्रमणि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सगुन गुरुङ, कार्यालय प्रमुख खेमराज देवकोटा, प्राविधिक नवराज शर्मा, टे«ेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारी, अन्नपूर्ण संरक्षण आयोजनाका निर्देशक लालप्रसाद गुरुङ, पर्यटन उप समिति घान्दुुकका अध्यक्ष किसान गुरुङ लगायतले अन्नपूर्ण हिमाल विश्वकै गौरव भएको बताउँदै महोत्सवले गरिमा र महत्व थप बढ्ने उल्लेख गरे ।

कार्यक्रममा चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा महोत्सव आयोजना गरिनु चुनौतीपूर्ण भएको भन्दै त्यसका लागि सबै किसिमको तयारी अपनाउन सहभागीले सुझाव दिएका थिए ।

कमेन्टहरु
Loading...