आर्मीका भाटलाई अन्नपूर्ण म्याराथनको उपाधि

पोखरा, २० जेठ/नेपाली सेनाका धावक खगेन्द्र भाटले दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट भाटले ४ घण्टा ६ मिनेट ५३ सेकेण्डको पुरा गर्दै म्याराथनको उपाधि जितेका हुन् । घान्द्रुकमा आएर टुंगिदाँ प्रतियोगितामा उनले उपाधि उचाल्दै उत्कृष्ठ टाईमिङ निकाले ।

गत वर्ष आयोजित पहिलो संस्करणको विजेता रिमालले जित्दा ४ घण्टा १६ मिनेट ४८ सेकेण्डको समय लगाएका थिए । दोस्रो संस्करणमा दोस्रो स्थानमा चित्त बुझाएका रिमालले आफनो समय भने सुधार गरे । उनले म्याराथन टुग्याउन ४ घण्टा १४ मिनेट ४० सेकेण्ड लगाए ।

तेस्रो स्थानमा भने गोपाल तामाङ आइपुगे । उनले ४ घण्टा २२ मिनेट २९ सेकेण्डको समय लगाएका थिए । चौथो स्थानमा सचिन गुरुङ रहे । उनले पनि दुरी पुरा गर्ने क्रममा ४ घण्टा २७ मिनेट २५ सेकेण्डको समय लगाएका थिए । अन्नपुर्ण आधार शिविरबाट शुरु भएको दौड माछापुच्छ«े आधारशिविर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भैसेखर्क हुदैं घान्द्रुक आएर टुंगिएको थियो । म्याराथनमा विभिन्न जिल्लासहित विभागीय टोलीका गरी ५५ जना धावक सहभागि थिए ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने क्रममास्थानीय अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गत वर्षदेखि अन्नपूर्ण म्याराथन शुरु गरेको हो ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो धावकलाई क्रमशः एक लाख पाँच हजार, ७५ हजार र ५५ हजार रुपैया“ पुरस्कार प्रदान गरिएको छ । विजेता धावकहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युबराज कुबँर लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...