नेपालीसँग पैसा लिएपछि एक्यापको कार्यालयमा तालाबन्दी

पोखरा, २४ मंसिर /अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगतमा प्रबेश गर्न नेपाली नागरिकले पनि प्रबेश शुल्क लिएको बिरोधमा कास्कीको विरेठाँटीमा स्थानीइले एक्यापको कार्यालयमा तालाबन्दी गरेका छन् ।

सरकारले नै निर्णय गरेर नेपालीसँग शुल्क लिन निर्देशन गरेपछि अहिले एक्यापका क्षेत्रमा प्रवेश गर्दा नेपालीले शुल्क तिर्नु पर्दछ । तर कास्कीको साविक घान्द्रुक, लुम्ले र दाङसिङका नागरिकले शुल्क लिने निर्णय फिर्ताको माग गर्दै एक्याप कार्यालयमा आइतबार तालाबन्दी गरेका छन् ।

एक्यापले नेपालीसँग प्रवेश शुल्क शीर्षकमा १ सय रुपैयाँ प्रतिब्यक्ति तोकेको छ । माग पूरा नभए कडा आन्दोलन गर्ने स्थानीयको चेतावनीले बताएका छन् । स्थानीयले टेकबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन भएको छ ।

उनीहरुले एक्यापको चेकपोष्ट बीरेठाँटीबाट हटाउनुपर्ने, विदेशी पर्यटकसँग उठाउने शुल्कबाट स्थानीय पूर्वाधार विकास गर्नुपर्ने, स्थानीय तहको सिफारिसमा रुख कटान र चिरान गर्न पाउनुपर्ने, अन्नपूर्ण गाउँपालिकाभित्रका सबै चेकपोष्ट हटाउनुपर्ने लगायत माग राखेका छन् ।

कमेन्टहरु
Loading...