आहा ! रारा गोल्डकप महापण्डित पौडेललाई टिभी हस्तान्तरण

पोखरा, १७ माघ/सहारा क्लव पोखराले आयोजना गरेको १५ औं आहा ! रारा गोल्डकपलाई सघाउन रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शुरु गरेको आहा ! रारा गोल्डकप महापण्डित बन्नुभएका पोखरा २७ पुम्दीभुम्दीस्थित कालाबाङ घडेरीका अमृत पौडेललाई सोमबार टिभी हस्तान्तरण गरिएको छ । पश्चिमाञ्चलकै प्रतिष्ठित १५ औं आहा ! रारा गोल्डकपसँगै पोखरामा फुटवलको फिबर बढाउन रेडियो अन्नपूर्णले सञ्चालन गरेको आहा ! रारा गोल्डकप महापण्डित अन्तर्गत रेडियोले सोधेको यस वर्षको आहा ! रारा गोल्डकपको उपाधि कसले चुम्ला ?

भन्ने अन्तिम प्रश्नको सहि उत्तर मनाङमस्र्याङ्दीले जित्छ भनेर उत्तर दिनेमध्ये आइतबार विहान गरिएको गोलाप्रथाबाट बिजेता बन्नुभएका पौडेललाई रेडियोको नियमित कार्यक्रम ‘पोखरा कल–ईन’ कार्यक्रममा न्यू साउण्ड एण्ड भिजन, महेन्द्रपुल पोखराको तर्फबाट २२ ईन्चको एलजी एलईडी कलर टिभी प्रदान गरिएको हो । कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, सहारा क्लव पोखराका अध्यक्ष बिरभद्र आचार्य, महापण्डितका मूख्य प्रायोजक न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुल पोखराका प्रोपाइटर मनोहर श्रेष्ठ, वल्र्ड भिजन मोवाइल हब ओपन हाउस कम्प्लेक्स चिप्लेढुङ्गाका प्रोपाइटर सुशिल गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक र रेडियोका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले संयुक्त रुपमा बिजेता पौडेललाई टिभी हस्तान्तरण गर्नुभयो ।

उक्त अवसरमा सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले आहा ! रारा गोल्डकपमा प्रयोग भएको एकथान बल पनि महापण्डित पौडेललाई प्रदान गर्नुभयो । टिभी प्राप्त गरेपछि बिजेता पौडेलले आफूले टिभी उपहार पाउँदा खुसीको सिमाले आकाश छोएको बताउनुभयो । टिभी परेको खबर सुन्दा आफूलाई विश्वास गर्नै गाह्रो भएको अनुभव सुनाउँदै उहाँले सहारा क्लवले आयोजना गरेको आहा ! रारा गोल्डकप र त्यसलाई सघाउन रेडियो अन्नपूर्णले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो ।

महापण्डित कार्यक्रमका मूख्य प्रायोजक न्यू साउण्ड एण्ड भिजन, महेन्द्रपुल पोखराका प्रोपाइटर मनोहर श्रेष्ठले महापण्डित कार्यक्रमले फुटबलको माहोल तताउन र फुटबलप्रतिको क्रेज बढाउन सघाएको बताउनुभयो । उहाँले रेडियो अन्नपूर्णसँग सहकार्य गरेर खेलकुदको विकासमा सघाउन पाउँदा आफूहरुलाई गर्व लागेको बताउँदै यो सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वल्र्ड भिजन मोवाइल हब ओपन हाउस कम्प्लेक्स चिप्लेढुङ्गाका प्रोपाइटर सुशिल गुरुङले खेलकुदको विकासका लागि रेडियोले गरेको महापण्डित कार्यक्रम साँच्चै नै उदाहरणीय रहेको र यसले फुटवलको क्रेज बढाउनुका साथै आफ्नो ब्यापारमा समेत सघाएको भन्दै रेडियो अन्नपूर्णलाई अवसरका लागि धन्यवाद दिनुभयो ।

आहा ! रारा गोल्डकपको आयोजक संस्था सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले महापण्डित कार्यक्रमले फुटवलप्रति चासो र क्रेज बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले महापण्डित कार्यक्रम प्रभावकारी बनेकाले यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले रेडियोले महापण्डित कार्यक्रम गरेर सहारा क्लवले आयोजना गर्ने आहा ! रारा गोल्डकपलाई सघाउँदै समग्रमा खेलकुदकै विकासमा सघाएको बताउनुभयो ।

रेडियो अन्नपूर्णका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले गोल्डकप महापण्डित कार्यक्रम रेडियोका लागि नभई आहा ! रारा गोल्डकपलाई सघाउनका लागि कार्यक्रम गरेको बताउनुभयो । उहाँले यो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले मोफसलको शहरमा यति ठूलो टुर्नामेन्ट हुँदा त्यसको सहयात्री बन्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले गोल्डकप महापण्डित कार्यक्रममा सहकार्य गर्ने न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुल र वल्र्ड भिजन मोवाइल हब ओपन हाउस कम्प्लेक्स चिप्लेढुङ्गा, एसएमएसकर्ता, रेडियोका श्रोता तथा शुभेच्छुक सबैलाई धन्यवाद दिनुभयो ।

कमेन्टहरु
Loading...