अनेरास्ववियू छोरेपाटन माविमा कमिटिको अध्यक्षमा सुबेदी

पोखरा, ३ मंसीर/अनेरास्ववियू, छोरेपाटन मावि पोखरा १७ को एकाई कमिटि पुनर्गठन भएको छ । विद्यालयमा शुक्रबार भएको अखिल निकट विद्यार्थीको भेलाले नवराज सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुष्मा तिमिल्सिना, सचिवमा विष्णुमाया पराजुली, सहसचिवत्रयमा सागर पौडेल, पुनम शर्मा, अञ्जन बराल, कोषाध्यक्षमा रविन्द्र अधिकारी तथा सदस्यहरुमा प्रियजीत गुरुङ, मनिष पोखरेल, अभिषेक रेग्मी, अमित ठकुरी, विवेक थापा, प्रतिक्षा लामिछाने, प्रदीप थापा क्षेत्री, मन्दिप पौडेल, सवन कुवँर, अतित गुरुङ, रितिका गुरुङ, शुशिल पोखरेल, आरती भुजेल, विशु घर्ती, अनिल गुरुङ, किरण पौडेल, अश्विन रेग्मी, नप्पु खत्री, रोजिन परियार, मनिषा पराजुली र स्वस्तिका रेग्मी रहेका छन् ।

यसअघि, कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय कमिटि सचिवालय सदस्य एवं गण्डकी ईञ्चार्ज सरीता पुरीले विद्यार्थीको हकहितमा आवाज उठाउने अग्रणी संगठन नै अनेरास्ववियू भएको दाबी गर्दै विद्यार्थी गोलवद्ध भएर अघि बढ्न आग्रह गरिन् । उनले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने माग अनेरास्ववियूले नै अघि सारेको र केपी ओली सरकारले बजेटमा समेत सम्बोधन गरिसकेको अवस्थामा यसलाई कार्यान्वयनका लागि जोड दिईन् । विद्यालयमा शैक्षिक मुद्धालाई लिएर अघि बढ्नुपर्ने, इमान्दारिता, लगनशीलता र अनुशासन शिरोपर गरेर शैक्षिक वातावरण निर्माणमा सहयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरिन् ।

अनेरास्ववियू, त्रिवि जिल्ला आयोजक कमिटि सदस्य विनोद भण्डारीले अखिलमा आबद्ध भएर अघि बढेका विद्यार्थी अराजक नहुने, अखिलको सिद्धान्त अवलम्बन गर्दै सृजनात्मक कदमका साथ शैक्षिक क्रियाकलापमा सहभागी हुने बताए । कास्की क्षेत्र नं. ३ संयोजक महेन्द्र पौडेलले अनेरास्ववियू पछाडि क्रान्तिकारी जोडेर विद्यार्थी भाँड्ने काम भएको भन्दै विद्यार्थीको हकहित र शैक्षिक मुद्धा लिएर अघि बढ्ने एकमात्र संगठन अनेरास्ववियू रहेको दाबी गरे ।

कार्यक्रमको अध्यक्षता समेत गरेका छोरेपाटन एकाई निवर्तमान अध्यक्ष अशोक सेढाईंले कठिन मेहनतका साथ संगठन विस्तार गर्न सफल भएको र आफ्नो पालामा अघि सारेका शैक्षिक हितका विषय र गतिविधिलाई अघि बढाउन नयाँ समितिलाई आग्रह गरे । ‘क्यान्टिन, लाईब्रेरी, खानेपानी र सौर्यबत्तीका सवालमा विद्यार्थीको पक्षबाट हामीले यसलाई व्यवस्थित गर्न सक्दो गरेका हौं’– उनले भने– ‘क्यान्टिन व्यवस्थित भयो । सोलार बत्ती जडान भयो । पिउने पानीको व्यवस्था भयो । लाईब्रेरी समस्या अझै छन् ।’ कार्यक्रममा स्वागत सुष्मा तिमिल्सिना र सञ्चालन रियाज तिमिल्सिनाले गरेका थिए ।

कमेन्टहरु
Loading...