बसको भाडा भन्दा पनि सस्तो काठमाडौ- पोखराका जहाज भाडा

पोखरा, ८ कार्तिक / काठमाडौबाट पोखरा आवत जावन गर्ने बुद्ध र यति एयरलाइन्सले यात्रु तान्न सस्तो भाडा दर तोकेका छन् ।

काठमाडौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र बुद्धको १५ सय रुपैयाँ रहेको एयर लाइनसको अनलाइनमा उल्लेख छ । यो दर पहिलो बाहेकोमा भने हैन । यसअघि काठमाडौंबाट पोखराको एकतर्फि भाडादर ४२ सय रुपैयाँ छ ।

केही समयका लागि सस्तो भाडा दर तोकेको कम्पनीले जनाएको छ । इ – सेवाबाट टिकट काट्दा ४ प्रतिशत क्यासब्याक पाइने सेवा समेत छ । पोखराका लागि बुद्धको एयरको पहिलो फ्लाइट बिहान ७ः१५ बजे, यतिको ७ः०५ बजे रहेको छ ।

पोखराबाट काठमाडौ जान आउनका लागि सुविधा सम्पन्न बसको भाडा २ हजार रहेको छ । मागका आधारमा दर बढ्ने भएकाले माग बढेमा जहाजले भाडा बढाउने जनाएको छ

कमेन्टहरु
Loading...