धम्पुसमा पर्यटक गाडी जल्यो, पोखरा १६ मा फर्निचरमा आगलागी

पोखरा, १७ मंसिर / पोखरा १६ दिप र माछापुच्छे गाउँ पालिकाको धम्पुसमा आगोलागी भएको छ । पोखरा १६ दिपमा फर्निचर पसल आगलागी भएको हो ।

दिप हाउजिङमा बस्ने कालि गुरुङले सञ्चालन गर्दै आएको फर्निचर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ । फर्निचरहरु जलेर नष्ट हुदाँ १५ लाख बराबरको क्षति भएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

त्यसै गरी कास्कीको धम्पुसमा पर्यटक गाडी आगलागी हुँदा एकजना घाईते भएका छन् । माछापुच्छ्रे गाउँपालिका ७ फेदीमा भे १ य ७ नम्बरको गाडी पर्यटक छोडेर फर्कने क्रममा स्टार्ट गर्न लाग्दा आगलागी भएको हो ।

आगलागीबाट गाडी चालक म्याग्दीका अन्दाजी ४५ बर्षिय कुमार ठकुरी घाईते भएका छन् । उनको पोखरामा उपचार भैरहेको छ । गाडी पूर्ण रुपमा क्षति भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...