पोखरामा टोल टोलमा अग्नि सुरक्षा तालिम

पोखरा, २७ असार / पोखरा महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा ३३ वटा टोलका टोल विकास संस्था र आमा समूहहरूलाई अग्नि सुरक्षा तालिम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, वेष्ट मेनेजमेन्ट प्रा. लि. पोखराको सहयोग भएको हो ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको समन्वय र लैङ्गिक समावेशीकरण तथा सामाजिक उप समितिको आयोजनामा ३३ वटा टोल र ३० वटा महिला समूहहरूमा अग्नि सुरक्षा तालिम, सरसफाई तालिम र बाल्टीन बितरण गरेको छ ।

अग्नि सुरक्षा अभिमुखीकरण तालिम कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राज कुमार गुरुङ्गले अग्नि सुरक्षा तालिमले ठूलो सहयोग गर्ने बताउनु हुदै यस्ता कार्यक्रममा वडाले सक्दो सहयोग गर्ने बताए ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीका प्राबिधिक नबराज भण्डारी, लिला देबकोटा, सर्मिला धमलाले अग्नि सुरक्षा सम्बन्धी घरमा आगो लागेमा, ग्यास सिलिण्डरमा आगो लागेमा कसरी निभाउने र मानिसको शरिरमा आगो लागेमा कसरी निभाउने भन्ने प्रशिक्षण दिएका थिए ।

प्रत्यक्ष प्रशिक्षार्थीहरूलाई आगो निभाउन सिकाउनु हुदै अचानक घरमा एक्कासी कुनै बिपत आउने थाहा पाईएमा सतर्कता अपनाउने लगायत झटपट झोला भनेको के हो र विपत आउने समयमा झटपट झोला को महत्व माथी प्रकास पार्दै सरल तरिकाले नबराज भण्डारीले प्रशिक्षण दिए ।

अग्नि सुरक्षा अभिमुखीकरण तालिममा टोल टोलका महिलाहरू उत्साहित हुँदै घरमा आगलागी भएमा आगो कसरी निभाउने र अचानक आफैमा आगलागी भएमा कसरी निभाउने भन्ने बिषयमा प्रशिक्षार्थीहरू लागिपरेको लैङ्गिक समितिका सह सचिव जनुका अधिकारीले बताईन ।

कमेन्टहरु
Loading...